बुढानिलकण्ठ भगवान माथि नै “अन्याय”, क्षेत्र विकास समिती नबन्दा वर्षौ नेतृत्व बिहिन

बुढानिलकण्ठ भगवान माथि नै “अन्याय”, क्षेत्र विकास समिती नबन्दा वर्षौ नेतृत्व बिहिन

कपन अनलाइन

काठमाण्डौ ,बैशाख १२।

काठमाण्डौ उपत्यकका प्रमुख धार्मिक स्थल मध्ये एक बुढानिलकण्ठ मन्दिरको सम्वर्धन र प्रवर्धनका लागि काम गर्ने बुढानिलकण्ठ क्षेत्र विकास समिती वर्षौ देखि गठन नहुँदा बुढानिलकण्ठ भगवान माथि नै अन्याय भैरहेको चर्चा व्यापक बनेको छ।

यस मन्दिर सहित  साविक बिष्णु बुढानिलकण्ठ ,चपली भद्रकाली ,खड्का भद्रकाली ,चुनिखेल ,टोखा चंडेश्वरी र टोखा सरस्वती गाविसका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धनका लागि काम गर्ने समिती वर्षौ सम्म नबन्दा समेत सरोकारवालाहरुले कुनै चासो दिएको देखिदैन।

“अन्धो मान्छे र हात्ती ” कवी जोन गडफ्रेको निकै नै चर्चित कविता हो जसमा ६ जना अन्धा मान्छेहरुले हात्तीका विभिन्न भागहरु छामेर हात्तीको स्वरुपको कल्पना गरिरहेका हुन्छन। यो कवितामा हात्तिको शरीर छाम्नेले पर्खाल रैछ हात्ती भन्छ भने कान छाम्नेले नान्ग्लो पो रैछ भनेर खुसि मानिरहेको हुन्छ। यसै क्रममा ६ जना नै अन्धा मान्छेहरुले हात्तीको फरक फरक स्वरुपको कल्पना गर्दछन तर कसैले पनि वास्तविक रुप पहिचान गर्न सक्दैनन्। बुढानिलकण्ठ मन्दिर पनि अहिले अहिले त्यहि हात्ती झैँ भएको छ यसको विकास र सुधारका हिमायती हौ भन्नेहरु तिनै अन्धा मान्छे झैँ बनेका छन।

साविक बिष्णु बुढानिलकण्ठ ,चपली भद्रकाली ,खड्का भद्रकाली ,चुनिखेल ,टोखा चंडेश्वरी र टोखा सरस्वती गाविसका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवर्धनका लागि गठन गरिएको बुढानिलकण्ठ क्षेत्र विकास समिति र विभिन्न समयमा यसको नेतृत्व गरेका व्यक्तिहरुले  पनि हालसम्म त्यहि हात्ती छामेर आफ्नो अनुकुलको ब्याख्या बाहेक खास केहि गुणात्मक काम गरेको त्यहाका अभिलेख र संरचनाहरुले देखाउदैनन।

यो बुढानिलकण्ठ नामक हात्तीको स्वरूप यस्तो छ कि एक तिर बाट हेर्नेले यसमा क्षेत्र विकास समिति छाम्ने गर्दछन भने अर्को तिर बाट जानेले मन्दिर तथा पुजा व्यवस्थापन समिति मात्र देख्दछन त्यसतै अरु भन्दा पृथक देखाउन अर्को तर्फ बाट जानेले सनातन धर्म विकास समिति नामक गैर सरकारी संस्था मात्र देख्ने गरेका छन।

अनि किनारमा बसेकाहरु पनि तिनै तिन थरी धारणाको धारमा अल्मलिएर महात्मा गान्धीको बाँदर झैँ हेर्ने ,सुन्ने तर नबोल्ने मन्त्रलाई जप्दै आफ्नो पहिचान र इतिहास बोकेको हात्ती (बुढानिलकण्ठ) को वास्तविक स्वरूपलाई उजागर गर्नका लागि उदासिन देखिन्छन।अनि सरोकार राख्ने जनताहरुले त्यो हात्तीको शिर ,शरीर र पाउ प्रस्ट संग नदेखाईदिंदा वा देखाउन पहल नगर्दा बुढानिलकण्ठ क्षेत्रको विकासका नाराहरु उचाल्नेहरुको नियति बादशाहको पोशाक झैँ बनेको छ।

बुढानिलकण्ठ नामक यो हात्ती छाम्ने खेल अहिले निकै नै पेचिलो बन्दै गएको छ किनकि सभी अन्धा व्यक्तिहरु आफुले छाम्दा भेटेको अंग नै हात्ती भनेर दावी गरिरहेका छन र यो दावीको रमिता हेर्न किनारमा बसेका रमितेहरु आ आफ्नै स्वार्थको बाजा बजाएर चटक देखाइरहेका छन।पावन जप तप र ध्यानभुमि  बुढानिलकण्ठ क्षेत्रको बिडम्बना त्यो हात्ती वरिपरि रहेका अन्धाहरु बाट छुटकारा दिलाएर अगाडी बढाउने माहुते भने अझै भेटिएको छैन।

बुढानिलकण्ठ नगरपालिकाले उपप्रमुख अनिता लामाको नेतृत्वमा केहि वडा अध्यक्षहरु राखेर एउटा समिती बनाएपनि त्यो तदर्थ समिति हो वा क्षेत्र विकास समिती हो ? भन्नेमा नगरपालिका नै अन्यौलमा देखिन्छ।

संघीय सरकारबाट क्षेत्र विकास समितीको गठन अधिकार बुढानिलकण्ठ नगरपालिकालाई दिए पनि तत्कालिन स्थानीय सरकारले प्रदेस सरकारलाई त्यो अधिकार दिएको थियो। सो पश्चात वर्षौ क्षेत्र विकास समितीको अधिकार र फाइल हेटौडा तिर नै अड्किएको थियो।

पछिल्लो चरणमा समिती नहुँदा धेरै विकास र विस्तारका काम रोकिए पनि यस वारेमा खासै देखिने चर्चा र छलफल भने भएको देखिदैन। सायद यसैले होला अहिले बुढानिलकण्ठ भगवान नै अन्यायमा परेको टिप्पणी नगरमा ब्याप्त बनेको छ।

तपाइँको प्रतिक्रिया ।