गीत : जनार्दन अधिकारी ‘धड्कन’

गीत : जनार्दन अधिकारी ‘धड्कन’

कपन अनलाइन

काठमाडौं,बैशाख ९  ।

संसार भरि ज्ञानको ज्योति बाल्दिने गुरु हो
सम्झेर हेरौं जिन्दगी सबै त्यहीबाट सुरु भो

पहिलो स्कूल घर नै बुज्नु दोस्रो अलि पर
देवता पुज्न धाएर कहिल्यै नजानु मन्दिर
अन्तर मनमा ज्ञानको ज्योति छर्दिने गुरु हो
सम्झेर हेरौं जिन्दगी सबै त्यहीबाट सुरु भो

यात्रीलाई डुंगा तारेर बोटे सँधैको तिरमा
गुरुकै शिक्षा पाएर आर्जन पाउँछ जागिरमा
आमा र बाबा पछिको गुन नविर्स गुरुको
सम्झेर हेरौं जिन्दगी सबै त्यहीबाट सुरु भो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।