आमा तिमी : गंगा लिगल (कविता )
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
विशाल कथाको सागर तिमी
सुख दुःखको पूर्ण घडा तिमी
मानव मात्रको अनन्त प्राण तिमी
निरन्तर प्रवाहित नदी तिमी ।
कञ्चन झरझर झरना तिमी
पवित्र जलको त्यो मुहान तिमी
वनमा सदाबहार वृक्ष तिमी
दिवाको उज्वल प्रकाश तिमी ।
पृथ्वीको प्राचिन इतिहास तिमी
नवीन इतिहासको धारा तिमी
मानवको प्रयत्नशील नमुना तिमी
सम्पूर्ण गजको प्रेरणा तिमी ।
नौलो इतिहासको गर्व तिमी
अति अनुकरणीय आदर्श तिमी
मानव मात्रको गरिमा तिमी
राष्ट्रको अजम्बरी शक्ति तिमी ।
तिम्रो कथामा सबैको गाथा छ
त्यही सबैको दर्द घुलित व्यथा छ
त्यही सबैको सुनौलो बहार पनि छ
चन्द्र सुर्यको स्थायित्वसँग जुडेको
आमा तिमी, आमा तिमी, आमा तिमी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।