नमस्ते लस एन्जेलस : गान्धीराज काफ्ले (कविता )
कपन अनलाइन
काठमाडौं,बैशाख ९ ।
खन्याए माया
झन माया बढने
घुमेर पनि
झन घुमु लाग्ने
लस एन्जेलस
माया नगरी ।
नेपाली मनलाई
एकदिने घुमफिर
भो भनौ कसरी !
पग्लिने माया
डर बिलाउला भन्ने
टोपी लगाइ नमस्ते
भन्नु कसरी
छुटटिनु कसरी !
गाठो पारी सम्झना
सम्झी हिँउ सगरमाथा
मया नगरी लस एन्जेलसलाई
गर्यौ नमस्ते !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।