साँघुटार-घोराखोरी सडक निर्माण रोकियो , धुलोले यात्रु तथा स्थानीयहरुलाई सास्ती
कपन अनलाइन
काठमाडौं, बैशाख ५।
ओखलढुंगा जिल्लाको पश्चिम भेगको महत्वपूर्ण सडकका रुपमा रहेको साँघुटार-घोराखोरी सडक निर्माण रोकिएको छ। वर्षौ देखि अलपत्र रुपमा रहेको सडक कालोपत्रे हुने भन्दै निकै प्रचार गरिए पनि सो सडकमा केहि काम गरेर अहिले कालोपत्रे गर्ने काम रोकिएको स्थानीयहरुले बताएका छन।
लामो समयदेखी राजनीतिक स्टन्ट र प्रचारबाजीको विषय बनेको सो सडकमा ग्राभेल राखेर केहि दिन डोजर र अन्य यन्त्र चलाए जस्तो गरिएपनि हाल १०/१२ दिन देखि काम रोकिएको स्थानीयहरुले जानकारी दिएका छन।
सो सडकका विषयमा ओखलढुंगा जिल्लाको राजनीतिक वृतमा आरोप प्रत्यारोप र वाकयुद्ध चलेपनि अहिले निर्माण रोकिदा भने कोहि पनि नबोलेको बताउदै स्थानीयहरुले दलका नेताहरुको सस्तो प्रचारवाजीका कारण आफुहरुले निकै दुख भोग्नु परेको भन्दै दुख व्यक्त गरेका छन ।
सडक कालोपत्रे रोकिएका कारण सडकमा उडेको धुलोका कारण यात्रु र स्थानीयहरुलाई निकै सास्ती भोग्नु परेको भन्दै स्थानीयहरुले तत्काल काम अगाडी बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन ।