बाध्यताले मजबुत उनी : अञ्जु चालिसे ( कविता )

कपन अनलाइन

काठमाण्डौ ,बैशाख २।

जबजब जीवनमा आँधीबेरी आउँछ
हरेक मोडमा घुडा टेक्न उनलाई धम्की दिन्छ
तर पनि बलियो र साहसी बन्दै
चुनौतीको पार्खाल सबै पार गरेर
निरन्तर आफ्नो धैर्य कायम राखेर
बढिरहन्छिन निरन्तर पथमा
तेजिलो मुस्कान लिएर
आँधी र आगोको बिचमा पनि,
लडाई जारी राख्दै
त्यसो त उसले पहिले पनि
यो बाटोमा यात्रा नगरेकी त होइन
तर त्यो समय आज जस्तो
नितान्त एक्लै थिईनन्
शक्तिकी एक रचना, एक स्तभ हुन् उनी
समय र समाजद्वारा तिरस्कृत भए पनी
गर्विलो आस्मिता बोकेकी स्वाभिमानी
कसैको मुटु चोरेकी,
कसैको मुटु तोडेकी उनी
लाखौ दुःख र पिडा बीच पनि
मुहारमा सुन्दर मुस्कान सजाउँदै
अविरल यात्रारात उनी
हरेकदिन आफूलाई समाजले,
अलग दर्पणमा उतारे पनी
कसैको आस्वासन् र कृतज्ञता नचाहने उनी
अनुभवको ज्ञान बटुल्दै, समाजको वास्तविकता नियाल्दै
आफन्तको मायाको लेनदेनको व्यापारलÞाई तिरस्कार गर्दै
आत्मसम्मान र हिम्मतको औंश– औंश बटुल्दै
समाजले चित्रण गरेको असत्य छविलÞाई बेवास्ता गर्दै
जिन्दगी बाच्ने क्रममा
भाँचिएको मुटु र रगताम्य आत्मामा मलम लगाउदै
आफन्तले कुल्चिएका आत्मालÞाई सम्हालदै समेट्दै
अझै यहिँ पर्खी बसेकी उनी
समयको आँधिबाट बाच्ने कोसीसमा
कामेका घुडा सम्हालदै र रित्तेका आँशु बटुल्दै
अकल्पनीय तिरस्कार र आत्मिक पिडा बोकी,
बाचिरहेकी, मजबुत, साहसी उनी
भावनात्मक पीडाका ती दागहरू,
विगतमा टुक्रिएका हृदयका टुक्राहरु,
कम्जोर साहसहरु बटुल्दै
अथक अहोरात्र यात्रारत उनी
सहश्र वचनरुपी वाणका खाटाहरु,
धेरै दोष र अलिकती पश्चातापका बोझ उठाउदै
सत्य, खुशी, प्रेम र बफादारी
आफ्नैमात्र कर्तब्यमा पाएकी उनी
कर्तव्यबाट नचुकेकी उनी
आफ्नो आवश्यकताको परिपूर्ति
कसैबाट नभएपनि
दुखाई र थकानमा पनि
सहयोग र मुस्कान कायम राख्ने उनी
सबैलाई माया गर्ने, हिराजस्तै चम्कने उनी
आफूमा आफैलाई हराएर,
सबैलाई जिताउने
हँसिली, रसिली, साहशी उनी
पवित्र, स्वशच्छ आत्माकी धनी
सबैबाट तिरस्कृत, अपमानीत उनी
दुःख र पिडामा पनि
सुन्दर मुस्कान सजाउँदै बाच्दा
मुस्कानको अर्थ–को–अनर्थ बनाइएकी उनी
आगो पिएर आँशु लुकाउने
बाध्यताले मजबुत बनेकी
तिरस्कृत, कलंकित उनी
लाखौमा कुनै, कतै
बाचिरहेकी एक नारी उनी

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।