नेपाल बुद्धिचाल महासंघको अध्यक्षमा विदुर गौतम
कपन अनलाइन
काठमाडौं, चैत्र ५।
नेपाल बुद्धिचाल महासंघको आठौं साधारणसभा तथा निर्वाचनबाट इलामका विदुर प्रसाद गौतमको अध्यक्षतामा तेह्र सदस्यीय कार्यसमिति चयन भएको छ। विदुर गौतम सर्वसम्मतिले अध्यक्षमा चुनिएका छन ।
लाजिम्पाट स्थित होटल ले हिमालयनमा सम्पन्न भएको निर्वाचनमा ललितपुरका हेराकाजी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे। हेराकाजीले ७० र राजेन्द्रले २८ मत प्राप्त गरेका थिए ।त्यसैगरी उपाध्यक्षमा मोरङका ज्ञानेन्द्र प्रसाद पराजुली ६६ र कैलालीका धन बहादुर बोगटी ५८ मत सहित निर्वाचित भए।उनीहरुलाई पछ्याएका माधव प्रसाद प्रधान १९ र विश्व विजय घिमिरेले १५ पाएका थिए ।
महासचिवमा मकवानपुरका धरम बादुर लामा र उप महासचिवमा खोटाङकि मोनालिसा खम्बु हुन सफल भए।निकै प्रतिश्पर्धा भएको महासचिवमा धरमले ५१ र ४९ मत लिएका वाइसिलका अध्यक्ष समेत रहेका सुवोधराज शेर्पालीलाई २ मतको झिनो अन्तरले पराजित गरे।
चार जना प्रतिस्पर्धि रहेको उप महासचिवमा मोनालिसाले ४१ मत प्राप्त गरिन भने उमेश केसी २६, यज्ञ प्रसाद पन्त २१ र भुपेन्द्र निरौला १५ मत जोडेका थिए।
त्यस्तै कोषाध्यक्षमा स्याङ्जाका ताराबहादुर रानाभाट ५८ मत सहित विजयी भए । उनका निकत्तम प्रतिद्वन्द्वी रामकिशोर सिंह ४० मत हात पारे।
सातै प्रदेश , ५५ जिल्लाका गरि ११८ जना प्रतिनिधिहरुको सहभागीता रहेको साधारणसभाबाट सदस्यहरुमा पाल्पाका चन्द्रमणी गैरे, प्रतिमा महत बाँके , राजु ताम्राकार , ललितपुर , राजेन्द्र पराजुली झापा, सुशील चौधरी धनुषा र भक्तपुरका निरन्जन प्रजापति निर्वाचित भए।
यसअघि राष्ट्रिय खृेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्यतामा भएको उद्घघाटन कार्यक्रममा बंगलादेशका फिडे जोन ३.२ का अध्यक्ष सइद सहाब उद्दिन र साउथ एसिएन चेस काउन्सिलका अध्यक्ष बेनजिर अहमेदले साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।