गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाण्डौ ,फागुन २७।
बगरे र सरकार उस्तै उस्तै लाग्छ
भिखारी र खरदार उस्तै उस्तै लाग्छ !
वचनले भित्रसम्म घाउ पार्दो रैछ
हप्काइ र चिरफार उस्तै उस्तै लाग्छ !
कोही मरे आफ्नो फलिफाप सोच्ने
पुरोहित र हकदार उस्तै उस्तै लाग्छ !
अज्ञानी बेसोमती प्रश्नकर्ता हुँदा
संवार्ता र केरकार उस्तै उस्तै लाग्छ !
सिमेन्ट गिटी रड पनि निल्दा रहेछन्
अगस्ती र ठेकेदार उस्तै उस्तै लाग्छ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।