अपाङ्गता भएकाहरुलाई सहायक सामग्री प्रदान
कपन अनलाइन
काठमाडौँ, फाल्गुन २५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित अपाङ्ग पुनर्स्थापना केन्द्र नेपालमा तेण्डी ट्रष्ट नेपाल संस्थाको आर्थिक सहयोगमा सहायक सामग्री तथा स्टेसनरी वितरण कार्यक्रम सम्पन्न भएको छ । ११३ औ अन्तरास्ट्रीय श्रमिक महिला दिवसको अवसर पारेर बुधबार अपांगता भएका ब्यक्तिलाइ सहायक सामग्री तथा अपाङ्ग पुनर्स्थापना केन्द्र नेपाललाइ शैक्षिक सामग्री वितरण गरिएको हो।
अपांङ पुनर्स्थापना केन्द्र नेपालका अध्यक्ष उदय बहादुर लिम्बुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्द लाल श्रेष्ठ रहका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखा कि भीमा थापा तेण्डी ट्रष्ट नेपाल संस्थाका तेण्डी शेर्पा,समाजसेवी हरि प्रसाद शर्मा लगायत स्थानीयको उपस्थिति रहेको कार्यक्रम अपांङ पुनर्स्थापना केन्द्र नेपालकी शुष्मा दाहालले गरेकी थिइन।
कार्यक्रममा अपांङ पुनर्स्थापना केन्द्र नेपालकी महासचिब छिरिंग शेर्पाले स्वागत मन्तब्य राखेको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अम्बिका भण्डारी हुमागाईले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन।कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखा कि भीमा थापा तेण्डी ट्रष्ट नेपाल संस्थाका तेण्डी शेर्पा,समाजसेवी हरि प्रसाद शर्मा लगायतले अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री प्रदान गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बिशेष अतिथि लगायतले सम्बोधन गर्दै अपाङ्ग भए भनेर कमजोर नहुन अनुरोध गर्दै उनीहरु पनि सपाङ्ग जस्तै सक्षम रहेको मात्र अवसरको खाँचो रहेको बताएका थिए। गोकर्णेश्वर नगरपालिकाले अपांगता भएकाहरुलाई बिभिन्न कार्यक्रम मार्फत अवसर प्रदान गरिरहेको जानकारी दिदै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा अपांङ पुनर्स्थापना केन्द्र नेपाललाइ आवश्यक सामग्री खरिद गर्न समाजसेवी हरि प्रसाद शर्माले नगद रु ४०हजार रुपैया समेत प्रदान गरेका थिए ।