जोसेफ एजुकेसनल नेटवर्कको पुरस्कार वितरण समारोह सम्पन्न
जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गत जोसेफ कलेज,जोसेफ हाई स्कुल तथा ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको खेलकुद सप्ताह २०७९ मा बिजयी बिध्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको छ।
खेलकुद सप्ताह २०७९ पुरस्कार बितरण जोसेफ डान्सिङ आईडल सिजन -२ र जोसेफ सिङगिङ आइडल -१ को फाईनल राउन्ड कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाका प्रमुख आदरणीय मिठाराम अधिकारी, नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष पाण्डब हमाल ठकुरी र बागमती प्रदेश सभा सदस्य जयराम थापाले प्रमुख आतिथ्यतामा बिहानी, मध्यान्ह र दिउँसोको तिन सेसनमा छुट्टाछुट्टै उद्घाटन गरेका थिए।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा १० का वडाध्यक्ष नवराज भट्टराई, वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ गायिका तथा जोसेफ स्कुलकी संगीत शिक्षिका कुन्ती मोक्तान, संगीतकार मिलन तिमल्सिना, नृत्य निर्देशकहरु प्रकाश शर्मा, निरु फुयाल,हेरुका लामा, लक्ष्मी पुरी, शान्तिनगर उपभोक्ता समितिका अध्यक्ष शोभा खरेल उप्रेती, सरस्वतीनगर सुधार संघका उपाध्यक्ष साबित्री खड्का, ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलका प्राचार्य मनोज अधिकारी, सहायक प्राचार्य दिपक अधिकारी, बिध्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, अभिभाबक, बिध्यार्थीहरु र शिक्षक कर्मचारीहरु उपस्थिति रहेको थियो।
जोसेफ एजुकेसनल नेटवर्कका सस्थापक प्राचार्य सुर्य बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोसेफ एजुकेसनल नेटवर्क अन्तर्गतको स्कुल कलेजका ६२५ जना बिजेता बिध्यार्थीहरुलाई पुरस्कार बितरण तथा डान्सिङ आइडल फाइनल राउन्डमा बिजयी ७० जना बिजायी बिध्यार्थीहरुलाई ट्रफि तथा प्रमाणपत्र बितरण गरि कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो ।
तपाइँको प्रतिक्रिया ।