समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शंखरापुर नगर समिती पुनर्गठन
कपन अनलाइन
काठमाडौं फाल्गुन १९। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शंखरापुर नगर समिती पुनर्गठन भएको छ। शंखरापुर नगर प्रमुख रमेश नापितको संयोजकत्वमा ३५ सद्स्य समुदाय प्रहरी साझेदारी शंखरापुर नगरपालिका समिती पुनर्गठन भएको हो।बुधबार साँखु स्थित समरा गार्डेन रिसोर्टमा साँखु स्थित सामुदायिक प्रहरीका अध्यक्ष एल पि श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथी शंखरापुर नगरपालिकाका प्रमुख रमेश नापित रहेका थिए ।
त्यसैगरी बिशेष अतिथिको रुपमा शंखरापुर नगर उपप्रमुख समिता श्रेष्ठ प्रहरी बृत बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेत ,शंखरापुर नगर स्वास्थ्य शाखाका प्रमुख बिष्णु प्रसाद चाँपागाई,महिला तथा बालबालिका शाखा प्रमुख निर्जला चुँडाल(अधिकारी) शंखरापुर नगरपालिकाबाट प्रतिनिधित्व विभिन्न राजनितिक दलका प्रतिनिधि,समाजसेवी,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो ।