दक्षिणकालीमा तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप हुने

दक्षिणकालीमा तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप  हुने

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १९ । दक्षिणकाली नगरपालिकामा  तेस्रो राष्ट्रिय मेयरकप तथा सातौं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता हुने भएको छ । दक्षिणकाली नगरपालिकाको घट्टेचौरमानेपाल सिनक्योकिसन काई कराते संघले यही फागुन २६ र २७ गते उक्त प्रतियोगिता  आयोजना गर्न लागेको बिहिबार पत्रकार सम्मलेन मार्फत जानकारी दिइएको थियो ।

 

पत्रकार सम्मेलनमा नेपाल सिनक्योकिसन काई कराते संघ दक्षिणकालीका अध्यक्ष एवं आयोजक विनोद गुरुङले उक्त प्रतियोगिताबारे जानकारी गराएका थिए । प्रतियोगितामा सातै प्रदेशबाट खेलाडीको सहभागीता रहने संयोजक गुरुङले जानकारी गराए । बाहिरबाट आउने खेलाडीलाई कुनै किसिमको दुःख,कष्ट नहोस् भन्ने उद्देश्यले खाना, बस्न, साथै यातायातको व्यवस्था गरिएको पनि जानकारी  गराए । दक्षिणकाली नगरपालिका उपमेयर बसन्ती डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न  उक्त पत्रकार सम्मेलनलाइ सम्बोधन गर्दै उपमेयर बसन्ती डंगोलले खेल शारिरीक, मानसिक रुपमा स्वस्थ हुनको लागि र अनुशासनको लागि खेल्नुपर्ने बताइन  ।

उनले  खेलाडीलाई देशको गौरव र राष्ट्र चिनाउने व्यक्तित्वको रुपमा हेरिएको बताउदै  एक थुकी सुकी,सय थुकी नदी भने झै सबैजना हातेमालो गरी सहकार्य गरेर जान सकियो भने खेल क्षेत्र मात्र नभई सबै क्षेत्रका काममा सफलता पाइने  उनको भनाइ रहेको थियो । खेल र खेलाडीको विकासको लागि नगरपालिकाले खेल विधामा विगतदेखि नै सहकार्य गर्दै आएको र अहिले पनि सहकार्य गरेरै जाने  बताएकी थिईन।

पत्रकार सम्मेलनमा समाजसेवी जय थापा मगर, समाजसेवी कृष्ण गुरुङ,सिनक्योकिसन काई कराते संघका ब्रान्च चिफ सुर्यबहादुर बुढाथोकी,सिनक्योकिसन काई कराते संघका कृष्णचन्द्र बानिँया,आसिहारा कराते एसोसिएसन अध्यक्ष अनित न्यौपाने,खेलीप्रेमी सुर्य कार्की,नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारी लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिँदै आफ्नो भनाई राखेका थिए । समाजसेवी कृष्ण गुरुङले  उक्त प्रतियोगिताका लागि आवश्यक टिर्सट र नगद एक लाख ५५ हजार नगद सहयोग गर्ने जानकारी गराएका थिए ।सो सम्मेलनमा संघलाई माया, प्रेम, स्नेह गरेर विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए  ।

 

तपाइँको प्रतिक्रिया ।