लगानी सम्मेलनको लागि पूर्व तयारीमा जुट्यो शंखरापुर नगरपालिका

लगानी सम्मेलनको लागि पूर्व तयारीमा जुट्यो शंखरापुर नगरपालिका

कपन अनलाइन

काठमाडौँ, फाल्गुन १९ । शंखरापुर नगरपालिकाले लगानी सम्मेलनको लागि  पूर्व तयारी थालेको छ ।नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, पर्यटकीय, कृषि लगायत विभिन्न पक्षको विकासका लागि आगामी दिनमा लगानी सम्मेलन गर्ने योजना स्वरुप बिहिबार सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम गरेको हो  । लगानी सम्मेलनको पूर्व तयारी र विगतको ५ बर्षमा स्थानीय तहले गरेका अशल अभ्यासका बारेमा छलफल गरिएको उक्त कार्यक्रमको पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाले सहजीकरण गरेका थिए ।

शंखरापुर नगरपालिकामा भौगोलिक, सामाजिक, कृषि, पर्यटकीय पक्ष, धार्मिक सांस्कृतिक पक्षहरुमा के के गर्न सकिन्छ भनेर अध्ययनका लागि लगानी सम्मेलनको पूर्व तयारी स्वरुप अन्तरक्रिया कार्यक्रम का गरिएको नगरप्रमुख रमेश नापितले जानकारी गराएका छन । शंखरापुरबासीलाई आर्थिक रुपमा सक्षम बनाउँन यहाँ के–के संभाव्यता हुन सक्छ भनेर छलफल गरेर संभावनाको खोजी गर्न, कुन कुन क्षेत्रमा कसरी लगानी भित्राउन सकिन्छ, कृषि, पशुपालन, पर्यटनका क्षेत्रमा के के गर्न सकिन्छ भन्ने उदेश्य सहित छलफल अघि बढाएको उनले बताए।

शंखरापुर नगरपालिकालाई आर्थिक हिसावले कसरी समृद्ध बनाउँन सकिन्छ, कसरी रोजगारीका संभावनाहरुको ढोका खोल्न सकिन्छ ? आर्थिक प्रगतिका संभावना र स्रोतहरु के–के छन त्यसको खोजी गर्ने हिसावले लगानी सम्मेलनबारे अन्र्तक्रिया कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव खनालले जानकारी गराएका छन ।उनले  लगानीको उपयुक्त वातावरण र नीतिहरु तर्जुमा गरेर स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्धेश्यका साथ कार्यक्रम गरिएको जानकारी गराए । शंखरापुर नगरपालिकासँग प्रशस्त संभावना रहेको  त्यो संभावनाको बारेमा खोजी गर्ने, समस्या र सीमाहरुको बारेमा पहिचान गर्ने, लगानी भन्ने वित्तिकै स्रोत संभावनाको कुरा आउँछ, स्रोतको खोजीका लागि लगानी सम्मेलन महत्वपूर्ण हुने बताएका छन  ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले केही वर्षअघि गरेको लगानी सम्मेलनबाट लगानी भित्राएर थुप्रै परियोजनामा स्वदेशी तथा विदेशी लगानीकर्ता आएर काम गरेको उदाहरण  समेत प्रस्तुत गर्दै आगामी ६ महिनादेखि १ बर्षभित्रमा लगानी सम्मेलन गर्न सके नगरपालिकाको आर्थिक सामाजिक विकासमा कोशेढुङ्गा सावित हुने उल्लेख गरेका  थिए।

कार्यक्रममा पूर्व अर्थसचिव कृष्णहरि वास्कोटाले पहिलो सत्रमा वितेको ५ बर्षमा स्थानीय तहले गरेका असल अभ्यासका उदाहारणहरु प्रस्तुत गरेका थिए दोश्रो सत्रमा  प्रस्तुतीकरण मार्फत लगानी सम्मेलन भनेको के हो, त्यसका लागि नगरपालिकामा कसको भूमिका के हुन्छ, त्यसको तयारी कसरी गर्ने, सरोकारवालाहरुको भूमिकालाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा जानकारी गराएका थिए । कार्यक्रममानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शंखरापुरमा कृषि, पर्यटन, पशुपालन, बन पैदावारको क्षेत्रमा प्रचुर संभावना भएपनि त्यसबाट फाइदा उठाउन नसकेको हुँदा आर्थिक समृद्धि हासिल गर्न, रोजगारीको क्षेत्र खोज्न, लगानीका क्षेत्रहरु खोजेर स्वदेशी तथा विदेशी लगानी भित्र्याउनका लागि लगानी सम्मेलनको महत्वपूर्ण हुने बिश्वास ब्यक्त गरेका थिए ।सो कार्यक्रममा नगर उप प्रमुख समिता श्रेष्ठ सहित नगरपालिकाभित्र रहेका विभिन्न दलका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्थानीयबासीहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।