गोकर्णेश्वर नगरपालिकाले गर्यो सुनौलो पाइला संस्थालाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग
कपन अनलाइन
काठमाडौँ,फाल्गुन १८ । गोकर्णेश्वर नगरपालिका उपमेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ । बुधबार एक कार्यक्रमका बीच गोकर्णेश्वर नगरपालिका वडा नं ९मा संचालित सुनौलो पाइला संस्थालाई उपमेयरसँग बालबालिका कार्यक्रम अन्तर्गत खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको हो ।
गोकर्णेश्वर नगरपालिकाको उप प्रमुख सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा, वडा नं ८ का वडा सदस्य सुमन लामाले उक्त संस्थाका अध्यक्ष अमृता के.सी. रोनीलाइ खाद्यान्न तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा संस्थाको संस्थापक अध्यक्ष रोजिना बिष्ट (रोज)को समेत उपस्थिति रहेको थियो । भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १२ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ ।सो सामग्री ग्रहण गर्दै संस्थाकी अध्यक्ष अमृता केसी (रोनी)ले सहयोगको लागि गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद ब्यक्त गरेकी छिन ।