जीवनतारा प्लस टु कलेज गोकर्णेश्वर ९ को स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

जीवनतारा प्लस टु कलेज  गोकर्णेश्वर ९ को  स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं फाल्गुन १६ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीमा संचालित जीवनतारा प्लस टु कलेजले स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले शनिबार आरुबारीको एक पार्टी प्यालेसमा आयोजित भब्य कार्यक्रमका बीच कक्षा ११मा भर्ना भएका  बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरुलाई बिदाइ कार्यक्रम गरेको हो ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा सदस्य श्रीकृष्ण कारंजित , लक्ष्मी गुरुङ,  प्याब्सन काठमाडौं जिल्ला सचिव एबम लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल  गोकर्णेश्वर प्याब्सन अध्यक्ष डी एन शिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी गोकर्णेश्वर शिक्षा शाखा अधिकृत प्रविन राइ   लगायत बुद्दिजीवी शिक्षाप्रेमी, अभिभावक  र बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रम संचालन शिक्षक सुरेश निरौलाले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गोकर्णेश्वर नगर प्रमुख दिपक कुमार रिसालले  पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।जीवनतारा प्लस टु कलेजका प्रिन्सिपल अमर गिरीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए । उनले कलेजले  कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई आगामी दुई बर्ष विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिइ भविष्यमा देशको सेवा गर्ने असल नागरिक उत्पादनमा जोड दिएको बताए । विद्यार्थीहरुको आवस्यकता पुरागर्ने गरि अध्यायन अध्यापनमा सरिक भइ अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड दिएको बताए उनले कक्षा १२ उत्तीर्ण बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गर्दै  कलेजका गतिविधिको बारेमा समेत प्रकाश पारेका थिए । जीवनतारा प्लस टु कलेजमा व्यवस्थापन र मानविकी संकायमा पढाइ हुदै आएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा  प्याब्सन काठमाडौं जिल्ला सचिव एबम लिबर्टी स्कुलका प्रिन्सिपल ओम प्रसाद ढकाल  गोकर्णेश्वर प्याब्सन अध्यक्ष डी एन शिवाकोटी एन प्याब्सन गोकर्णेश्वर अध्यक्ष मोहन अधिकारी गोकर्णेश्वर शिक्षा शाखा अधिकृत प्रविन राइ लगायतले शुभकामना मन्तब्य राख्दै बिदाइ हुने  विद्यार्थीहरुलाई आगामी दिनमा आफ्नो दक्षता अनुसार शैक्षिक बिषय र कलेज छान्न सुझाव दिएका थिए । कलेजले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार गरिदिने भन्दै सफलताका लागि विद्यार्थीको आफ्नो मेहनत महत्वपूर्ण हुने बताउदै मिहिनेत गरेर अध्ययन गर्न सुझाव दिएका थिए    ।

विद्यार्थीहरुले आफ्नो सपना र उदेश्य पुरागर्न कठिन मिहिनेत गर्नुपर्ने भन्दै समाजको नेतृत्वदायी भुमिका प्रदान गर्न सक्ने बन्न मार्गनिर्देशन दिएका थिए ।कार्यक्रमलाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले आयोजकलाइ धन्यबाद दिदै कक्षा ११ मा भर्ना भइरहँदा हरेक विद्यार्थीले गगनचुम्बि लक्ष्य लिइरहेको हुने भन्दै त्यस लक्ष्यलाई सार्थक बनाउन अबको दुई वर्ष आधारशिला हुने बताएका थिए ।  उनले  अनुशासित भई सकारात्मक सोचका साथ मेहनत गर्दा लक्ष्य नजिक आइपुग्ने हुँदा बिद्यार्थीहरुलाई जिबनमा सफल बन्नको लागि निरन्तर सिकाई प्रक्रियामा लागिरहनु पर्नेमा जोड दिएका थिए ।

शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउदै प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागी जानुपर्न बाध्यात्मक अवस्था नेपाली विद्यार्थीले भोग्नु परेको र अब यसको विकल्प खोज्नु पर्न बेला आएको बताए । उनले रोजगारमुखी शिक्षा आजको आवश्यकता भएको भएको पनि  बताए ।  बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष मधुसुदन ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए भने कलेजले संचालन गरेको खेलकुद सप्ताहमा बिजयी खेलाडीहरुलाई मेडल प्रमाण पत्र समेत प्रदान गरेका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।