साँखुमा अमेरिकी डलर देखाई लुटपाट र ठगी गर्ने तामाङ गोकर्णबाट पक्राउ

कपन अनलाइन
काठमाडौं, फागुन ११।

नेपाल  प्रहरीले अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको गाती गाविस घर भई हाल भक्तपुरको पुरानो ठिमी बस्‍ने ३२ वर्षीय दावा डुण्डुप तामाङ रहेका छन्।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोकर्णबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि प्रहरी वृत बौद्ध, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।डुण्डुप तामाङले साँखुमा अमेरिकी डलर देखाई ४ लाख लुटपाट गरी फरार रहेको खुल्न आएको प्रहरीको आरोप छ।

तपाइँको प्रतिक्रिया ।