ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा भीरबाट लडेर बृद्धाको मृत्यु

ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा भीरबाट लडेर बृद्धाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,फागुन ।

मानेभञ्ज्याङ गाउँपालिका–२ वाक्सामा भीरबाट लडेर बृद्धाको ज्यान गएको छ । वाक्साकी ६२ वािषर््य पुर्खमाया राईको गाउँ नजिकैको लंकाभीर पाखामा लडेर मृत्यु भएको हो ।

सोमबार बाख्रा चराउन जङ्गल गएकी राई बेलुका अबेर सम्म पनि घर नफर्किएपछि खोजी गर्दा भीरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक देबेन्द्र दासले जानकारी दिए । रुम्जाटार अस्पतालमा पोष्टमार्टम पश्चात शव परिवारको जिम्मा लगाईएको प्रहरी निरक्षक दासको भनाई छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।