Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2023/02/332354244_741692207422084_4966951286045953096_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

श्री आदर्श माध्यमिक बिध्यालय कागेश्वरी -३ को ६३ औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न

कपन अनलाइन

काठमाडौँ फाल्गुन १० ।   कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ भद्रबासमा संचालित श्री आदर्श माध्यमिक बिध्यालयले  ६३ औं वार्षिकोत्सव, पुरस्कार वितरण तथा अभिभावक दिवस  भब्य रुपमा सम्पन्न  गरेको छ ।

 

सोमबार बिद्यालय प्रांगणमा बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राज बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा कागेश्वरी मनोहरा नगरपालिका प्रमुख  उपेन्द्र कार्की रहेका थिए भने बिशेष अतिथिको रुपमा संबिधान सभा सदस्य एबम पुर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयाल कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला,

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३का वडा अध्यक्ष राममणि पुडासैनी,वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल, महिला नेतृ तथा समाजसेवी  बिष्णुदेबी पुडासैनी पुर्व प्रअ तथा क्याम्पस प्रमुख बिष्णु प्रसाद फुयाल ,बिध्यालयका प्रधानाध्यापक जय सिंह चौधरी लगायत पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,पुर्व प्रधानाध्यापकहरु  पूर्व शिक्षकहरु बिभिन्न बिध्यालयका शिक्षक प्रतिनिधि सहित शिक्षक अभिभावक र बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन बिद्यालयका सहायक प्रधानाध्यापक विश्वनाथ पोखरेलले गरेका थिए ।

 

राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्कीले पानसमा दिप प्रज्वलन गरि उद्घाटन  गरेका थिए ।     बिद्यार्थीहरुले  गित, नृत्य मार्फत  मनोरञ्जन प्रदान  गरेको क कार्यक्रममा  बिध्यालयका प्रधानाध्यापक जय सिंह चौधरीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

  उनले बिध्यालयको प्रतिबेदन समेत प्रस्तुत  गरेको कार्यक्रममा  पूर्व बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेब पौडेलले बिध्यालयको बिगत देखि वर्तमान अवस्था सम्मको चर्चा गरेका थिए ।   उनले नमुना बिद्यालयको रुपमा रहेको  श्री आदर्श माध्यमिक बिध्यालय उत्कृष्ट हुदै आएको बताए ।   उनले बिध्यालयलाइ आजको दिन सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा अक्षयकोष दाता दामोदर पौडेल र पवन पौडेललाइ समेत सम्मान गरिनुको साथै जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो  उत्कृष्ट शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो ।   कार्यक्रममा प्रमुख अतिथिह कागेश्वरी मनोहरा नगरपालिका प्रमुख उपेन्द्र कार्की  बिशेष अतिथि संबिधान सभा सदस्य एबम पुर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयालले नवनिर्मित बिद्यालय भवनको समेत उद्घाटन गरेका थिए ।   कार्यक्रममा  बिध्यालयले संचालन गरेको खेलकुद कार्यक्रमको विभिन्न् विधामा  बिजयी बिद्यार्थीहरुलाई  मेडल प्रमाण पत्र प्रदान गरिएको थियो ।

 कार्यक्रममा महिला नेतृ तथा समाजसेवी  बिष्णुदेबी पुडासैनी ,संबिधान सभा सदस्य एबम पुर्व बागमती प्रदेश मन्त्री रामेश्वर फुयालले लगायतले सम्बोधनको क्रममा  प्राबिधिक शिक्षा आजको आवश्यकता भएको बताएका थिए ।

 कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नगरपालिका प्रमुख उपेन्द्र कार्कीले विद्यार्थी र विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताएका थिए ।   नगरप्रमुख कार्कीले  बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताए ।

उनले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताए । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताए ।   नगरपालिकाको शिक्षाको बिकासको लागि रातो बंगाला फाउन्डेसन संगको सहकार्यमा सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि बिभिन्न कार्यक्रम समेत गरिरहेको जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।