बुढानिलकण्ठका पूर्वाधारका योजनाहरुको Lab Test अनिवार्य : फर्महरुलाई सुचिकृत हुन् आव्हान

बुढानिलकण्ठका पूर्वाधारका योजनाहरुको Lab Test अनिवार्य : फर्महरुलाई सुचिकृत हुन् आव्हान

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

बुढानीलकण्ठ नगरपालिकाले नगरपालिकाबाट संचालित हुने सम्पूर्ण विकास निर्माण सम्बन्धी कार्यहरुको अनिवार्य रुपमा प्रयोगशाला परिक्षण ( Lab Test ) अनिवार्य गर्ने प्रक्रिया शुरु गरेको छ।

प्रयोगशाला परिक्षण (Lab Test) को प्रक्रियालाई व्यवस्थित, जवाफदेही एवं प्रभावकारी बनाउन भन्दै नगरपालिकाबाट संचालन हुने सबै विकास निर्माणको योजनाहरुको सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी अथवा फर्महरुले अनिवार्य रुपमा परिक्षण गर्ने जानकारी दिएको छ।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले सुचना जारी गर्दै  पूर्वाधार विकास महाशाखाले तोके बमोजिमको प्रयोगशाला परिक्षण ( Lab Test) कार्यको पूर्व स्वीकृति लिएर मात्र योजना मुल्यांकनको कार्य अगाडी बढ्ने उल्लेख गरिएको छ।

सुचना :

तपाइँको प्रतिक्रिया ।