अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य बनाउन जुटे बुढानिलकण्ठका महिला जनप्रतिनिधिहरु

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य बनाउन जुटे बुढानिलकण्ठका महिला जनप्रतिनिधिहरु

कपन अनलाइन

काठमाण्डौ ,फागुन ८।

बुढानिलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरुले  ११३ औ अन्तर्राष्ट्रिय श्रमिक  महिला दिवस मनाउने तयारी थालेका छन।

मार्च ८ तारिखका दिने हुने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्य रुपमा मनाउनका लागि फागुन ८ गते नगरपालिकाका  महिला जनप्रतिनिधिहरुको बैठक सम्पन्न भएको छ।

बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको नेतृत्वमा नगरपालिकाका महिला जनप्रतिनिधिहरुको बैठकमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई प्रभावकारी,सहभागिता मुलक र बृहत बनाउने वारेमा गहन छलफल भएको छ।

बुढानिलकण्ठ नगरपालिकामा उपप्रमुख र एक वडा अध्यक्ष सहित महिला,खुल्ला तथा कार्यपालिकामा निर्वाचित ३३ जना महिला जनप्रतिनिधि रहेका छन। जसमध्ये  खुल्ला तर्फ तिन जना र  महिला तथा दलित महिला तर्फ २६ जना निर्वाचित भएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।