गोकर्णेश्वर ९ मा बजार अनुगमन

गोकर्णेश्वर ९ मा बजार अनुगमन

कपन अनलाइन

काठमाडौं फाल्गुन ६ । गोकर्णेश्वर ९ मा बजार अनुगमन गरिएको छ । शुक्रबार गोकर्णेश्वर नगरपालिकाका  वडा नं ९ का वडा अध्यक्ष राजीव थापा वडा सदस्यहरु श्री कृष्ण कारंजित ,लक्ष्मी गुरुङ, गमला कुमारी परियार, उमेश चालिसे , लेखा प्रमुख रामजी रायमाझी,  वडा सचिव संगीता बराल सहित कर्मचारीको टोलीले वडा नं ९ मा संचालित पसलहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दर्ता तथा नविकरण नभएका पसलहरुलाई दर्ता तथा नविकरणका लागि एक हप्ताको म्याद सहित सुझाव दिईएको थियो । दिईएको समयमा पसल दर्ता, नविकरण तथा नगरपालिकाले दिएको सुझाव अनुसारका काम नगरे कारवाही प्रक्रिया अगाडी बढाउने  वडाले जानकारी दिएको छ  ।

अनुगमन गरिएका सबै पसलमा अनिवार्य रुपमा मूल्य सूची सबैले देख्ने गरी राख्न, सर्वसाधारण जनताको स्वास्थ्य र हित कायम गर्ने कुरामा विशेष ध्यान दिइ मासुको बिक्री वितरण गर्न स्थलगत रुपमै निर्देशन दिइएको  वडाले जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।