प्रेमप्रसाद आत्मदाह र रवि नागरिकता विवादमा राज्य दोषी : संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा
कपन अनलाइन
काठमाण्डौ ,माघ १६।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बारेमाआफ्नो धारणा सार्वजनिक गरेको छ । मोर्चाले आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गरी केहीदिन अघि संसद् भवन अगाडि आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरेका प्रेमप्रसादआचार्य र रबि लामिछानेको नागरिकताविवादमा सर्वोच्च अदालतबाट भएको फैसलामाआफ्नो धारणा सर्वाजनिक गरेको हो ।
यस्ता घटना घट्नुमा राज्यप्रमुख दोषी रहेको उल्लेख गर्दै मोर्चाले अहिलेको राज्यव्यवस्था नै परिवर्तनको आवश्यकताऔंल्याएको छ ।मोर्चाकाउपाध्यक्ष यमराजआचार्यले नेपालको संविधानलाई लङ्गडो संविधानको संज्ञा दिए । उनले अहिलेको व्यवस्थाले प्रेमप्रसादआचार्यलाई आतमदाहको लागिबाध्यबनाएको आरोप लगाए ।
रबि लामिछानेतर्फलक्षितगर्दै उनले भने–‘आज यो देशमाव्यवस्था परिवर्तन गर्नु पर्ने थियो । केही साथीहरु अवस्था परिवर्तन गर्छु भनेर जानुभयो । यो सम्पूर्ण घटना अवस्थाको कारण भएको होइनव्यवस्थाको कारण भएको हो । यसको मूलकारण २०७२ को लंगडो संविधानहो ।’
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मकव्यवस्थाले उद्यमी–व्यवसायीलाई आत्मदाहगर्न बाध्यबनाएको उनको आरोप छ । संसद्भवन अगाडि आत्मदाह गरेकाआचार्यलाई शहीदघोषणा गर्न पनिउनले माग गरेका छन् ।
‘प्रेमप्रसादआचार्य उहाँले आत्मदाह गरेर मर्नुभयो । उहाँ सहिदहो र म उहाँलाई स्मरणगर्न चाहन्छु । यो व्यवस्थाले उद्यमी÷व्यवसायी र युवाहरुलाई आत्महत्यागर्न विवशबनाएको छ ।
रबि लामिछानेको नागरिकताविवादमा सर्वोच्चबाट भएको फैसलाको प्रसंगमाउनले नेपालीनागरिकले बाध्यभएर अन्य देशको नागरिकतालिने गरेको बताए । अन्यमुलूकको नागरिकतालिन पर्ने बाध्यतालाई ध्यानदिएर दोहोरो नागरिकताको व्यवस्थाहुनुपर्ने उनको भनाइ छ ।
साथै, नेपालमाबास्तविक मिटर व्यवसायी बैंक तथावित्तीय संस्थाभएको उनको आरोप छ । नेपालको कानुनअनुसार अहिले वार्षिक १० प्रतिशतभन्दा बढिव्याजलिननपाउने व्यवस्थाभएपनिव्याजकै कारण प्रेमप्रसादजस्ताउद्यमीले आत्मदाहगर्ने अवस्थासिजर्ना भएको उनको आरोप छ ।
त्यसैगरी, मोर्चाका सह–अध्यक्षएवं वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले रबि लामिछानेको फैसलाको मूलुकको राजनीतिमाअत्यन्त संवेदनशीलप्रश्नसिर्जना गरेको बताए । गतमंसिरमा सम्पन्ननिर्वाचनमाकुनै पनिदललाई जनताले शासनगर्नमतनदिएको उनको दाबी छ । अहिलेको सत्ता गठबन्धनलाई उनले सर्प, भ्यागुता र विच्छिको गठबन्धनको संज्ञा दिए ।
‘देशमाकुनै पनि राजनीनिक पार्टीलाई शासनगर्ने अधिकार जनताले दिएनन् । तपाईहरु कुनै पनि राजनीतिकदललाई नेपालीजनतामाथिशासनगर्ने अधिाकार छैन । यो गठबन्धनको नितितथाकार्यक्रममाकार्यक्रम छ, नीति छैन । राज छ नीतिछैन । देश राजनीतिले चल्छ राजले चल्ने होइन । सर्प, भ्यागुतो र विच्छी एकै ठाउँमा बसेर सरकार बनाएका छन् । एउटा गणतन्त्रवादी अर्को राजतन्त्रवादी, एउटा संघीयताको विरोधीअर्को पक्षधर, राजतन्त्र स्थापित गर्छुभन्ने राष्ट्रपतिलाई भोट हाल्छु भन्ने । यो मुलुकको यो चित्रण संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताअसफलभएको हो,’ उनले भने ।
सर्वोच्चको आदेशले रबिको नागरिकताअवैध भन्दै निर्वाचनआयोगका सबै प्रक्रियाबदर भनेको अवस्थामाउनको दलको वैधताबारेमाप्रश्न उठेको उनको दाबी छ । रबिको नागरिकता रद्दभएपनिपार्टीको अस्तित्व रहिरहननसक्ने उनले बताए । .
‘जब मेरो नागरिकता देशको कानूनबमोजिमअध्यावधिक छैन भने मैले दर्ता गरेको पार्टी चाहीँसदर छ ? पार्टी सदर छैन भने चुनावजितेकाहरु चाहीँ सदर ? कस्तो हो यो राज्यव्यवस्था?अध्यक्षकै नागरिकता छैन त्यो दल कसरी कायम हुन्छ ?’ उनले प्रश्न गरे ।
साथै, फरक प्रसंगमाउनले नेपालीकांग्रेस प्रतिपक्षदलहुननसक्ने बताए । लोकतन्त्रमा सरकारलाई विश्वासको मतदिने पार्टी प्रतिपक्षदलहुननसक्ने उनको दाबी छ । वर्तमान राज्य प्रणाली नेपाल र नेपालीजनताको लागिअभिश्रापभएको उनको आरोप छ ।
मोर्चाकाअध्यक्षतारानाथ लुइँटेलले आफूहरु सदैव राजतन्त्र, हिन्दुराष्ट्र र भ्रष्टाचारमुक्त देशको अभियानमा रहेको बताए । अहिलेकादलहरुले विदेशीको गोटी बनेर नेपालीजनतालाई भ्रममाराखेको उनको आरोप छ । राजतन्त्रअन्त्यभएको १७वर्ष पूरा हुँदापनि केहीगर्न नसकेको र देशमै केही गर्छु भन्ने युवाहरुलाई आत्मदाहगर्न बाध्यबनाएको उनको आरोप छ । साथै, मुलुकमा सरकार नै नभएको उनको दाबी छ ।
‘म नेपालमै रोजगार गर्छु भन्ने व्यक्तिले संसद् भवन अगाडि राज्यले देखोस् भनीआगो लगाएर देहत्यागगर्नुभयो । यो मुलुकमा राज्य छ ? राजसंस्थाहुँदा नेपालमाभएकाउद्योग विक्रि गरेर नेपालीका छोराछोरीलाई विदेश पठाउने कामभयो,’ उनले भने ।
साथै, मिटर व्याजीहरुले गरिबहरुलाई घरबारविहीनबनाउँदापनि सरकारमुकदर्शक बनेको उनको आरोप छ । अहिलेका बैंक तथावित्तिय संस्थाहरुले जनतालाई मिटर व्याजीले झैं लुटिरहेको उनको भनाई छ ।
राजनीतिकदलले जनताको बारेमानसोचेर कसरी सत्तामापुग्न सकिन्छ भन्ने मात्रै ध्यानदिएको उनको भनाइ छ । सर्वोच्चले गरेको रबि लामिछानेको फैसालासँगै नेपालीजनताको भोटको अवज्ञा भएको उनको भनाई छ । संसद्भवनमै अपराधीओहोरदोहोर गर्दा पनिप्रहरीले नसमाएर यो सरकारले आफैंले बनाएको कानूनको धज्जी उडाएको उनले बताए ।
कार्यक्रमको सञ्चालनमोर्चाकीप्रवक्तासिर्जनावाग्लेले गरेकीथिईन् । त्यसै मोर्चाकाअध्यक्षतारानाथ लुइँटेल, उपाध्यक्ष यमराजआचार्य, सह–अध्यक्ष विष्णु भट्टराई, वरिष्ठ उपाध्यक्षहरु कृष्णगोपालश्रेष्ठ, कृष्णप्रसाद लुइटेल, सहमहामन्त्रीनवपन्तलगायतको उपस्थितिथियो ।