सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई जरिवाना गरियो
कपन अनलाइन
काठमाण्डौ ,माघ १५।
सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई माग भएको सूचना उपलब्ध नगराउँदा १५ हजार रुपियाँ जरिवाना तोकिएको छ ।
राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले बिहीबार जारी गरेको विज्ञप्तिमा निज यादवलाई सिरहा जिल्लाको नगरपालिका–७ निवासी परशुराम साहले सूचना माग गरेका थिए ।
आयोगले जेठ २३ गते सोही विषय पुनरावेदन भएको जनाएको छ । सो सन्दर्भमा आयोगले सात दिनभित्र सिरहा नगरपालिकाको कार्यालयलाई लिखित ब्यहोरा पठाउन आदेश दिएको थियो ।
आयोगले सूचना उपलब्ध गराउन पटक–पटक दिएको आदेशपछि पनि यादवले सूचना उपलब्ध नगराउँदा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३२ (१) बमोजिम कारबाहीको ब्यहोरा जानकारी गराएको जनाएको छ ।
कारबाहीको चेतावनीसहितको ब्यहोरा पश्चात् पनि सूचना उपलब्ध नभएपछि माघ ३ गते आयोगमा पुनः उजुरी पर्र्यो । नेपालको संविधान, २०७२ को धारा २७ मा प्रत्येक नागरिकले आफ्नो सरोकारको सूचना माग्ने र पाउने हकको व्यवस्था गरेको छ ।