सिम्पल आर्ट्स बानेश्वरले रजत महोत्सवमा पाँच प्रतिभाहरुलाई सम्मान गर्ने

सिम्पल आर्ट्स बानेश्वरले रजत महोत्सवमा पाँच प्रतिभाहरुलाई सम्मान गर्ने

कपन अनलाइन

काठमाण्डौ ,माघ ११।

सिम्पल आर्ट्स बानेश्वरले क्षेत्रका पाँच राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने भएकाे छ ।

संस्थाले २५औँ वर्ष अर्थात रजत महोत्सवको अवसर पारेर विभिन्न पाँच प्रतिभाहरुलाई सिम्पल सम्मान २०७९ प्रदान गर्न लागेकाे हाे ।

यस पटक शिक्षासेवी शेषमणि भट्टराई, साहित्यकार ललिता दोषी, पत्रकार तथा साहित्यकार केशवराज पाठक, कलाकार तथा निर्माता प्रज्ञा जोशी र गायिका स्वेता उप्रेतीलाई सो सम्मान प्रदान गरिने सिम्पल आर्ट्सले जनाएको छ ।

संस्थाका संस्थापक अध्यक्ष सङ्गीतकार तथा चलचित्र निर्देशक केशव सान्दाइको संयोजकत्वमा बनेको प्रतिभा चयन समितिको सिफारिसको आधारमा सो प्रतिभा चयन गरेको जनाइएको छ ।

आगामी फागुन ७ गते विशेष कार्यक्रम बीच सो सम्मान अर्पण गरिने संस्थाका अध्यक्ष गायक पुष्कर जङ्गमले बताएका छन  ।२०५५ सालदेखि सिम्पल आर्ट्स बानेश्वरले निरन्तर रुपमा साहित्य, सङ्गीत, कला र अन्य क्षेत्रका राष्ट्रिय व्यक्तित्वहरुलाई सिम्पल सम्मान अर्पण गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।