मरेका कुखुरा बेच्ने व्यवसायी वनस्थलीबाट पक्राउ

मरेका कुखुरा बेच्ने व्यवसायी वनस्थलीबाट  पक्राउ

काठमाडौँ, ५ असार । महानगरीय प्रहरी वृत्त बालाजुले काठमाडौँ महानगरपालिका–१६ वनस्थलीस्थित बेलकम कोल्ड स्टोरबाट १३० वटा मरेका कुखुरासहित व्यवसायी नन्दकिशोर गुप्तालाई पक्राउ गरेको छ ।

उक्त कोल्डस्टोरमा मरेका कुखुरा बिक्री वितरण भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले आज छापा मार्दा मरेका १३० कुखुरा फेला पारेको हो । भारत बेतिया घर भएका गुप्ताले विगत सात वर्षदेखि उक्त कोल्डस्टोर सञ्चालन गर्दै आएका थिए ।
a (1)
प्रहरीले ती कुखुरा बरामद गरी गुप्तालाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैबीच सोही वृत्तले काठमाडौँ तारकेश्वर नगरपालिका–७ पाँचमानेस्थित माटो खानीमा पुरिएका स्काभेटरको सहचालक दीपक पुडासैनीलाई आज घाइते अवस्थामा उद्धार गरेको छ ।

नुवाकोट झिलीका २० वर्षीय पुडासैनीले उक्त स्थानमा काम गरिरहेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा पुरिएका थिए ।

प्रहरीले खबर पाएपछि घटनास्थलमा पुगी उनको उद्धार गरी उपचारको लागि जनमैत्री अस्पताल बालाजुमा पु¥याएकामा अहिले उनको अवस्था सुधारोन्मुख बन्दै गएको प्रहरीले जनाएको छ । रासस

तपाइँको प्रतिक्रिया ।