नवौ तारेभिर पर्यटन महोत्सवको प्रचारका लागि तारेभिरमा सरसफाई

नवौ तारेभिर पर्यटन महोत्सवको प्रचारका लागि तारेभिरमा सरसफाई

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

माघ १ र २ गते हुने नवौ तारेभिर महोत्सवको प्रचारका लागि बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डौ उपत्यकाको उत्तरी क्षेत्रमा रहेको शिवपुरी पर्वतको काखमा रहेको सो क्षेत्रको प्रवर्धनका लागि हुने महोत्सव यस पटक दुई दिन हुनेछ।

स्थानीय परिकार,संस्कृति  र पहिचान झल्कने विभिन्न प्रस्तुतिहरु रहने सो महोत्सवमा तारेभिर क्षेत्रका विभिन्न स्थानमा सरसफाई गर्नुका साथै प्रचार अभियान पनि संचालन गरिएको थियो।

नवौ तारेभिर पर्यटन महोत्सव २०७९ मूल व्यवस्थापन समितिको आयोजनामा भएको उक्त बृहत सरसफाईमा बागमती प्रदेसका पुर्व भौतिक पूर्वाधार मन्त्रि तथा काठमाण्डौ क्षेत्र नं ३ (२ ) का पुर्व प्रदेस सभा सदस्य रामेश्वर फुँयाल सहित स्थानीयहरुको सहभागिता रहेको थियो।

काठमाण्डौ उपत्यकामा जल संचारका लागि पुनर्भरण क्षेत्रका रहेको शिवपुरी-नागार्जुन रास्ट्रीय निकुन्ज समिप रहेको तारेभिर गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको छ।

गोकर्णेश्वर नगरपालिकाको ऐतिहासिक गोकर्ण र बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठ मन्दिरबाट पुग्न सकिने तारेभिर क्षेत्रमा सडक पूर्वाधार विकास भए संगै आन्तरिक र बाह्य पर्यटकको आवागमन बढेको छ।

काठमाण्डौ उपत्यकामा चाकु उत्पादनका लागि उर्वर क्षेत्रका रुपमा रहेको टोखाको चाकु हरेक वर्ष तारेभिर महोत्सवमा खुवाउने गरिएको मूल व्यवस्थापन समितिका संयोजक तथा गोकर्णेश्वर  वडा नं ३ का अध्यक्ष मुरारी प्रसाद कुइँकेलले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।