बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा गोकर्णेश्वर बाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई बिदाइ

बंगलादेशमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिपमा गोकर्णेश्वर बाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई बिदाइ

कपन  अनलाइन 

काठमाडौं, पौष २८।  बंगलादेशमा आयोजना हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा  गोकर्णेश्वर नगरपालिकाको   तोयाकान नेपाल बादोरियो कराते डो  संघ  बाट   सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ।

मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ को कार्यालय परिसर जोरपाटीमाअन्तर्राष्ट्रिय खुल्ला करांते च्याम्पियनशिप २०२३मा  गोकर्णेश्वर नगरपालिका बाट सहभागी हुने अफिसियल सहित खेलाडीहरुलाई  बीच नगर प्रमुख दिपक कुमार रिसाल, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा , समाज सेवी शम्भु अधिकारी  फुर्साङ लामा  लगायतले    जित को शुभकामना सहित बिदाइ गरेका हुन  ।

नगरपालिका बाट ५  जना अफिसियल सहित १२ जना खेलाडीहरुले उक्त प्रतियोगितामा  प्रतिनिधित्व  गरेका छन । बिदाइ गर्दै नगर  प्रमुख दिपक कुमार रिसालले   खेलाडीहरुलाई नेपाल र गोकर्णेश्वर  नगरपालिकाको नाम राख्ने गरि उत्कृष्ट प्रदर्शन गर्दै उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर र्फकन शुभकामना दिएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।