गोकर्णेश्वर युवा उपकार क्लबको ३३ औं बार्षिकउत्सब तथा चियापान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लबको ३३ औं बार्षिकउत्सब तथा चियापान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष २२ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले आफ्नो ३३  औ बार्षिक उत्सबको  अवसरमा आयोजित  क्लब सदस्यहरु बिचको टेबलटेनिस प्रतियोगिता उद्घाटन गर्नुको साथै   चियापान एबम शुभकामना आदान प्रदान  कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार  क्लबको भवनमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष कमल परियारले  गरेका थिए ।

कार्यक्रममा प्रमुख  अतिथिको रुपमा  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष  जयराम महत रहेका थिए  भने बिशेष अतिथिहरुमा   गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार एबम पूर्व वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, क्लबका सल्लाहकार हरि कृष्ण श्रेष्ठ , गोबिन्द बहादुर श्रेष्ठ ,क्लबका सल्लाहकार राजकुमार श्रेष्ठ , पुर्वक्लबका  अध्यक्षहरु बिजय कुमार श्रेष्ठ , विजय कर्माचार्य,  प्रेम कुमार श्रेष्ठ  लगायत क्लबका आजीवन सदस्य अन्य पदाधिकारीहरुको  उपस्थित रहेका थिए । कार्यक्रम संचालन श्याम कृष्ण श्रेष्ठले गरेका थिए ।

 कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष  जयराम महतले शुभकामना मन्तब्य राख्दै  २०४६ साल पौष २१ गते बाट संस्थापक अध्यक्ष मंगलदास श्रेष्ठको अध्यक्षतामा  स्थापना  गरिएको क्लब  ३२   बर्ष पार गरेर ३३  बर्षमा प्रवेश गरेको अवसरमा  क्लबको उन्नति प्रगति चाहने समाजको भलाइ चहाने र आमुल रुपमा  समाजको परिबर्तनको लागि  विभिन्न काल खण्डमा नेतृत्व गर्ने  सबैलाई हार्दिक बधाई का साथ् उच्च सम्मान ब्यक्त गरेका थिए ।साथै   अहिले भएको कार्यसमितिले अझै बहु आयामिक ढंगले काम गर्न सकोस भन्दै शुभकामान समेत दिएका थिए।

 क्लबलाई गोकर्णेश्वर क्षेत्रमामात्र  सिमित नराखी  प्रदेश केन्द्र सम्म पुर्याउने खालका कार्यक्रम गर्न अनुरोध गरेका थिए । कार्यक्रममा केक समेत काटिएको थियो । कार्यक्रममा शुभकामना मन्तब्य राख्ने वक्ताहरुले क्लबको प्रगतिको कामना गरेका थिए । अध्यक्षताको आसन बाट बोल्दै क्लबका अध्यक्ष कमल परियारले उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।वार्षिकोत्सवको अवसरमा आयोजित टेबल टेनिस प्रतियोगिताको लागि कार्यक्रमका प्रमुख अतिथि बिशेष अतिथिहरुले  खेल सामग्री हस्तान्तरण समेत गरेका थिए।

तपाइँको प्रतिक्रिया ।