बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अबैध संरचना माथि डोजर ……
कपन अनलाइन
काठमाण्डौ ,पुस २१।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले सडक क्षेत्रमा निर्माण भएका अबैध संरचनाहरु माथि डोजर चलाउन सुरु गरेको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सिमानामा रहेका अबैध संरचनाहरु हटाउदै सडक निर्माणको कामलाई तीव्रता दिइएको छ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,खरिबोट त्रिवेणीचोक शहिद पार्क उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु ,नगर प्रहरी लगायतको उपस्थितिमा सडक क्षेत्रमा निर्माण भएका संरचनाहरु हटाउने काम शुरु भएको हो।
केहि समय अगाडी देखि वडा वासीको माग अनुसार सार्वजनिक यातायात संचालन गरेको वडा नं ११ ले सडक विस्तार र सार्वजनिक सम्पत्ति संरक्षणको कामलाई पनि निरन्तर जारी राखेको छ ।
तपाइँको प्रतिक्रिया ।