गोकर्णेश्वर ४ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण गरिने
कपन अनलाइन
काठमाडौँ पौष १८ । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रमहुने भएको छ । गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई पौष १९ गते मंगलबार गोकर्णेश्वर नगर अस्पतालमा बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम हुने भएको हुँदा उक्त स्वास्थ्य शिविर बाट स्वास्थ्य लाभ लिन वडा अध्यक्ष जयराम महतले सार्वजनिक सुचना मार्फत अनुरोध गरेका छन ।
तपाइँको प्रतिक्रिया ।