गोकर्णेश्वर ८ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

गोकर्णेश्वर ८  मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम सम्पन्न

कपन अनलाइन 

काठमाडौं पौष १८। गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा ज्येष्ठ नागरिकहरुको दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको छ ।  आइतबार गोकर्णेश्वर नगरपालिका र सशक्तीकरण अवसरको सहकार्यमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक वडा बासीहरुलाई   वडा कार्यलयमा  दृष्टि परिक्षण तथा निःशुल्क चस्मा वितरण कार्यक्रम  सम्पन्न भएको हो ।

उक्त  कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, वडा नं. ८  का वडा अध्यक्ष  नन्दलाल श्रेष्ठ वडा सदस्य सुमन लामा अन्य वडा  सदस्यहरु  , स्वास्थ्यकर्मी लगायत    स्थानीय ज्येष्ठ नागरिकहरुको  उपस्थिती रहेको थियो ।

कार्यक्रममा करिब २सय  जना ज्येष्ठ नागरिकहरुको नि:शुल्क दृष्टि परिक्षण गरिएको र १५० जनालाइ निशुल्क चस्मा वितरण गरिएको  वडा  अध्यक्ष नन्दलाल श्रेष्ठले  कपन अनलाइनलाइ जानकारी गराए ।उमेर ढल्किदै जाँदा आँखा सम्बन्धी समस्याका कारण कठिनाइ भोग्न नपरोस् भन्ने उद्देश्यले सबै वडा समेटिने गरी शिविर सञ्चालन गरिएको  वडा अध्यक्ष नन्दलाल श्रेष्ठले बताए।उनले भने, ‘ढल्किदो उमेरसँगै आँखाको ज्योति कमजोर हुन्छ । ज्येष्ठ नागरिकका सामान्य दैनिकी समेत प्रभावित हुने हुदाँ सहजताको लागि शिविर सञ्चालन गरेका हौँ ।’

तपाइँको प्रतिक्रिया ।