गोकर्णेश्वर ३ सुन्ताखानमा सार्वजनिक यातायात संचालनमा आयो
कपन अनलाइन
काठमाडौँ पौष १८ । गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा सार्वजनिक यातायात संचालन भएको छ ।गोकर्णेश्वर सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिको पहलमा सरोकारवालाहरु संगको पटक पटकको छलफल पश्चात आज बिहान बाट बस सेवा परिक्षणको रुपमा संचालनमा आएको हो ।
सुन्ताखान घट्ट बसपार्क बाट उपत्यका सिटि यातायात प्रालिका १० वटा गाडीले परिक्षण सेवा संचालन गरेको र केहि दिनमा सुन्दरिमाइ सिटि यातायात कम्पनिले पनि बस सेवा संचालन गर्ने तयारी गरेको वडा सदस्य बुद्धि बहादुर श्रेष्ठले कपन अनलाइनलाइ जानकारी गराए । लामो समय देखि उक्त क्षेत्रमा बस सेवा संचालन नहुँदा स्थानीयबासी यातायातको क्षेत्रमा समस्या भोग्दै आएका थिए । सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका संयोजक उद्दब बिष्ट, सार्वजनिक यातायात व्यवस्थापन सरोकार समितिका सदस्यहरु, वडाअध्यक्ष मुरारी प्रसाद कुइकेल लगायतले उक्त क्षेत्रमा यातायात सेवा संचालनको लागि पहल गर्दै आएका थिए । बस सेवा संचालनमा आए संगै स्थानीयले खुसि ब्यक्त गर्दै सो सेवा दिगो हुनुपर्नेमा जोड दिएका छन ।