पाँचौं चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी मनकामना स्कुललाई

पाँचौं  चक्रबहादुर स्मृति अन्तर बिद्यालय छात्र फुटबल  प्रतियोगिताको उपाधी मनकामना स्कुललाई

कपन अनलाइन

काठमाडौं पौष १७ । पाँचौं चक्र बहादुर स्मृति अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि मनकामना स्कुलले जितेको छ । गोकर्णेश्वर  नगरपालिका संगको सहकार्यमा छहारी युवा क्लबको आयोजनामा  गोकर्णेश्वर  नगरपालिका भित्र रहेका  १८ वटा बिध्यालयका कुल १९ टिम प्रतिस्पर्धी रहेको उक्त प्रतियोगिताको शनिबार  गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेशीगाउ स्थित नेपालय इंगलिस पब्लिक स्कुलको खेल मैदानमा   शनिबार भएको फाइनलमा नेपालयलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मनकामनाले उपाधि जितेको हो ।

नेपालय पव्लिक स्कुल र मनाकामनाले निर्धारित समय एक एक गोलको बराबरी खेलेका थिए । नेपालयका लागि खेलको दशौं मिनेटमा प्रदीपम तामाङले गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको १२ औं मिनेटमा मनकामनाका मानव बमजनले गोल गर्दै खेल बराबरीमा ल्याएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । जसमा मनकमाना ५–४ गोल अन्तरले विजयी हुँदै उपाधि जित्न सफल भयो ।

यस्तै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा अरुणोदय माबी बिजयी भएको छ  । त्रिकोण पव्लिक स्कुलसँगको  प्रतिस्पर्धामा उपहार गोलको मद्दतले अरुणोदयले तेस्रो स्थान हात पारेको हो । त्रिकोणका आयुष वाइवाले आत्मघाति गोल गरेका थिए ।

उपाधि जितेको मनकामना स्कुलले नगद ३० हजार पुरस्कार प्राप्त गर्दा उप विजेता बनेको नेपालयले १५ हजारमा चित्त बुझायो ।यसैगरी तेस्रो भएको अरुणोदयले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।  प्रतियोगितामा माउन्ट ग्लोरीका अमृत बस्याल सर्वाधिक गोलकर्ता बन्दा मनकामनाका विवेक श्रेष्ठ उत्कृष्ट गोलरक्षक बने ।

उत्कृष्ट खेलाडीको उपाधि भने नेपालयका रोशन तामाङले जितेका छन् । कार्यक्रममा बिजेता उप बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका  प्रमुख दिपक कुमार रिसाल नगर उपप्रमुख सान्नानी लामा,युवा तथा खेलकुद शाखा प्रमुख राम नारायण शाह,  वडा नं८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ,वडा सदस्य सुमन लामा ,सोविता मिजार, समाजसेवी दीपक सिंह भण्डारी, नगर युवा तथा खेलकुद संयोजक सञ्जय लामा छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

फोटो : सरोज श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।