सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक
कपन अनलाइन
काठमाडौं, पुष १७।
काठमाडौं, पुष १७।
वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो । एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै उहाँको यस सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकदम राम्रो स्रष्टा हुनुहुन्छ । गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो ।
सार्वजनिक सपना एल्बममा ”आकाश छुने सपना” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ । दोस्रोमा ”मायाले हँसाउँछ” बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ । संगीत/एजेन्जर राम कार्कीको रहेको छ । तेस्रोमा ”गल्ती के भयो म बाट” बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ । एल्बमको चौथो गीत ”सोचें बाँच्ने आधार” मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ । सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ”तिम्रै साथ हिँडेको देख्छु” बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ । ओएसनेपालको प्रस्तुतिमा सार्वजनिक सपना एल्बम बजारमा आएको हो ।
तपाइँको प्रतिक्रिया ।