हावाको भकुण्डो : बालकृष्ण गजुरेल ( लघुकथा )

हावाको भकुण्डो : बालकृष्ण गजुरेल ( लघुकथा )

कपन अनलाइन

काठमाडौं पौष १३ ।

कहिले रंगशाला कहिले ठूलो स्क्रिनमा विस्वकप हेर्दै थिएँ । म जस्तै अरबौँ समर्थक थिए । ३२ समुहको चरण खेल १६ समूह चरण हुँदै समूह ८ चरणमा पुग्यो । एसियाका राम्रा समुहहरु जापान तथा कोरिया बाहिरिए । ब्राजिल तथा पोर्चुगल बाहिरियो ।

मोरक्को, फ्रान्स, अर्जेन्टिना तथा क्रोयसिया ४ औ  समूह चरणमा प्रवेश गरे । अन्तिम चरणमा फ्रान्स तथा अर्जेन्टिनाको खेल भब्य तथा दर्शककै ढुकढुकी बन्यो । ४ गोल एक्लैले हान्दा पनि फ्रान्सका कप्तानले जीत दिलाउन असमर्थ रहे । अर्जेन्टिनाले बाजि मार्यो । विस्वकप सकिँदै लाग्दा दर्शक दिर्घाबाट फ्याँकेको बल उफ्रियो आकाश छुने गरि ।

एउटा हुकमा लाग्यो र फ्यास्स भयो । विस्वकप त सकियो तर त्यो पल मैले भुल्न सकिन । विस्वासलाई सम्झाउँदै भनेँ, ” त्यत्रो विस्वकपको ईतिहास रच्ने बलमा समेत हावा खुस्केपछि काम रैनछ । ” उसलाई बिषय मन परेछ ।

समुहमा आएर भन्यो हावाको भकुण्डो र नेपालका हालका प्रधानमन्त्री उस्तै हुन् । नयाँ नेपाल बनाउँछु भनेर हावामा बम तथा बारुदले देशको भौतिक संरचना उडाए । आर्थिक अवस्था दयनिय अवस्थामा पुर्याए । ती शब्दमा प्रधानमन्त्री बन्लान् । उनले तोडेफोडेका बनाउन घटीमा चालिस बर्ष लाग्छ ।”

तपाइँको प्रतिक्रिया ।