Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/321619242_688106012767847_7621351257787636568_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/321299651_555986059406075_2871412610851582997_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

३३ बर्ष पछि गोकर्णको देशेमा नवदुर्गा नाच

कपन अनलाइन

काठमाडौँ, पौष १२ । भक्तपुरको प्रशिद्ध नवदुर्गा नाच  गोकर्णेको देशेमा  प्रदर्शन गरिएको छ ।  ३३ वर्षदेखि गोकर्णमा  रोकिएको  उक्त नाच गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको श्री तलेजु भवानी पुजा तथा जात्रा संचालन समितिद्वारा पुन सुचारु   गरेको हो । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा ऐतिहासिक नगर भक्तपुर नगरपालिकाको मानव समाजमा आधारित  जीवित देवताको रुपमा पुजिने श्री नवदुर्गा देवगण  जात्रा  सोमबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ को  देशेमा संचालन भएको हो ।भक्तपुरबाट हरेक वर्ष नवदुर्गा नाच काठमाडौं, बनेपा, दोलखा आदि लगायत विभिन्न ठाउँमा प्रदर्शन गर्ने परम्परा छ ।

गोकर्ण पनि हरेक वर्ष यो नाच देखाउने परम्परा रहेपनि बिगत ३३ बर्ष देखि सो नाच संचालन हुन सकेको थिएन। बन्द भएको नाच पुनः सुचारु गर्न विभिन्न व्यक्ति एवं संस्थाहरुले प्रयास गरेको भए पनि त्यो सफल भने हुन सकिरहेको थिएन । श्री तलेजु भवानी पुजा तथा जात्रा संचालन समितिको अथक प्रयास र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सो नाच पुन प्रदर्शन गरिएको हो ।नाच प्रदर्शन गर्न नवदुर्गा देवगण सबैजना पैदल नै  गोकर्ण पुगेका थिए । नवदुर्गा देवगणको   मुखौटा, बाजागाजा, पोशाक आदि पनि खर्पनमा राखी पैदलै गोकर्ण  पुर्याइएको थियो । हिजो र आज गरि दुइ दिन गोकर्णमा नाच प्रदर्शन पश्चात देवगण पुनः भक्तपुर नै फर्कने आयोजकले जानकारी गराएको छ ।

देशे पुगेको नवदुर्गा गणलाइ गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष जयराम महत सहित वडा सदस्यहरुले माला लगाएर स्वागत गरेका थिए । ३३ वर्षपछि गोकर्णमा  पुनः नाच प्रदर्शन गर्न सक्नुलाई गोकर्ण वासीले हर्षको विषय रहेको बताएका छन् ।  उक्त  नाच  हेर्न देशेमा नवदुर्गा नाच हेर्नका लागि नगर प्रमुख दीपक रिसाल लगायत स्थानीयको बाक्लो  उपस्थिती रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।