Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2022/12/DSC_0889-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

असहाय गाई बाच्छा संरक्षण अभियान गोठाटारले संघीय र प्रदेश सभामा विजयी प्रतिनिधिहरुलाई दियो बधाई तथा शुभकामना

कपन अनलाइन

काठमाडौं, पौष ११ । असहाय गाई बाच्छा संरक्षण अभियान गोठाटारले  संघीय र प्रदेश सभा चुनावमा विजयी प्रतिनिधिहरुलाई सम्मान गरेको छ  । आइतबार एक कार्यक्रमका बीच असहाय गाई बाच्छा संरक्षण अभियानले कार्यक्रमलाई नेपाली कांग्रेसका सहमहामन्त्री तथा नवनिर्वाचित सांसद बद्री पाण्डे तथा काठमाडौं क्षेत्र नं. ३ का सांसद सन्तोष चालिसे, शान्ति श्रेष्ठ, काठमाडौं क्षेत्र नं. २ का प्रतिमा गौतम तथा प्रदेश सभा सदस्य विमल ठकुरीलाइ बधाई सहित सफल कार्यकालको  शुभकामना दिएको हो ।

कार्यक्रममा अभियानका संयोजक उत्तम पुडासैनीले असहाय गाई बाच्छा संरक्षण अभियानले गरिरहेको कार्यको बारेमा जानकारी गराएका  थिए ।  कार्यक्रममा संस्थाका कोषाध्यक्ष भगवान पुडासैनीले समत  अभियानका बारेमा जानकारी  गराएका थिए  ।

कार्यक्रममा आचार्य श्री महेन्द्रले नेपाली संस्कारमा गौरक्षाको महत्वका बारेमा प्रकाश  पारेका थिए  । कार्यक्रममा बोल्ने वक्ताहरुले    राष्ट्रिय जनावर गाई बाछालाइ  शहरी क्षेत्रमा वेवारिसे रुपमा छाडा छोडिंदा गाईको असुरक्षा बढ्नुका साथै सडक दुर्घटना पनि निम्त्याउने हुनाले गाईबाच्छा सडकमा छाडा छोड्न रोक लगाउनु पर्ने  जोड  दिएका थिए । नव निर्वाचित जन प्रतिनिधिहरुले गाईबाछाहरुको अधिकार र उनीहरुको संरक्षणको पक्षमा कानून निर्माणार्थ सदनमा आवाज उठाउने प्रतिबद्धता ब्यक्त समेत ब्यक्त गरेका थिए ।
असहाय गाईबाछा संरक्षण अभियानले सडकमा अलपत्र पारिएका गाईबाछाहरुको संरक्षण गर्दै उनीहरुका लागि खाना, छाना, उपचार र मायाको प्रबन्ध मिलाउँदै आएको छ । खुल्ला आकाशमा अबोध गाईबाछाले एक रातपनि बिताउनु नपरोस भन्ने उदेश्य सहित सडकमा अलपत्र अवस्थामा रहेको गाईबाछाको उद्धार र उनीहरुको पालन पोषण गर्दै आएको छ ।  हाल  आश्रयस्थलमा झण्डै २०० असहाय गाईबाछाले  संरक्षित छन ।

 

 

तपाइँको प्रतिक्रिया ।