गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९  सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष ११।  स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका  साथ गोकर्णेश्वर  नगरपालिकामा  दोस्रो मेयर कप खुल्ला करांते प्रतियोगिता २०७९  सम्पन्न भएको छ ।  गोकर्णेश्वर  नगरपालिकार युवा खेलकुद विकास समितिको आयोजना तथा तोयाकान नेपाल बादो-रियो करांते संघको संयोजकत्वमा  गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित लर्ड्स लाइट एकेडेमीको प्रांगणमा  पौष ८ र  ९ गते  गरि दुइ दिन  सम्म संचालन   भएको उक्त प्रतियोगितामा बिभिन्न नगरपालिका बाट  करिब ५५० जना खेलाडीहरुले कुमिते र काता विधामा कुल ३० स्वर्ण पदकको लागि प्रतिस्पर्धा  गरेका थिए ।

उक्त प्रतियोगिता  समापन सत्रका प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाप्रमुख दिपक कुमार रिसाल रहेका थिए भने कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ४ का वडा अध्यक्ष जयराम महत , नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा,  लोकतान्त्रिक  खेलकुद संघका फुर्साङ लामा तामाङ ,तोयाकान नेपाल बादो-रियो करांते संघका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी, लर्ड्स लाइट एकेडेमीका प्रिन्सिपल निराजन आचार्य तोयाकन नेपाल बादो- रियो कराते –डो संघ का महासचिब एबम प्रमुख प्रशिक्षक अरुण कुमार कार्की,  तोयाकान नेपाल बादो-रियो कराते डो  एसोसिएसनका उपाध्यक्ष अजय भक्त श्रेष्ठ   खेलकुद विकास समितिका दिनेश  राइ,लगायत खेल प्रेमी  दर्शक र खेलाडीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर  नगरपालिकार युवा खेलकुद विकास समितिका संयोजक संजय लामाले गरेका थिए भने कार्यक्रम संचालन  तोयाकान नेपाल बादो-रियो कराते  संघका सचिव ओम प्रसाद ढकालले गरेका थिए   ।

दुइ दिन सम्म संचालन भएको उक्त प्रतियोगितामा प्रतियोगितामा  नागर्जुन नगरपालिका, गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका भृकुटी समुहले क्रमस प्रथम, द्वितीय र तृतीय स्थन हासिल गरेका थिए ।  प्रथम दितीय र तृतीय हुने टिमलाइ नगर प्रमुख दिपक कुमार रिसालले शेल्ड मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।   कार्यक्रममा  लर्ड्स लाइट एकेडेमीमा अध्यनरत बिद्यार्थीहरुले नृत्य मार्फत मनोरंजन प्रदान गरेका थिए ।

कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख दिपक कुमार रिसालले गोकर्णेश्वर नगरपालिकालाई खेलकुद हब बनाउनको लागि बिभिन्न कार्यक्रम गरिरहेको बताए ।उनले खेलमैदान निर्माणको लागि सार्वजनिक जग्गा खोजि गर्नुको साथै डीपी आर बनाउने कार्य अघि बढेको बताए उनले एक वडा एक खेल मैदान बनाउने नीति नगरपालिकाको रहेको जानकारी दिदै खेलकुदको बिकासको लागि सक्दो सहयोग गर्ने बताएका थिए । गोकर्णेश्वर नगरपालिका युवा  तथा खेलकुद विकास समिति कराते बिभागका संयोजक एबम तोयाकान नेपाल बादो-रियो कराते डो  एसोसिएसनका प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले  उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

 

 

तपाइँको प्रतिक्रिया ।