लायन्स क्लब अफ काठमाडौं ग्रिन नेचर र गोकर्णेश्वर द्वारा आयोजित रक्तदान सम्पन्न

लायन्स क्लब अफ काठमाडौं ग्रिन नेचर र गोकर्णेश्वर द्वारा आयोजित रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पौष १० । सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ डी अन्तर्गत रहेको  लायन्स क्लब अफ काठमाडौं ग्रिन नेचर र लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर द्वारा संयुक्त रुपमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार माकलबारी स्थित अल्फाज मार्ट प्राङ्गणमा भएको उक्त रक्तदान कार्यक्रममा  माकलबारी टोल सुधार समिति , प्रगति महिला समुह र गोकर्णेश्वर लाइट एकेडमीको  सहयोग रहेको थियो । बिहान ९ बजे बाट शुरु भएको उक्त रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन गरिएको आयोजकले जानकारी गराएको छ ।

लायन्स क्लब अफ काठमाडौं ग्रिन नेचर तथा प्रगति महिला समुह माकलबारीका अध्यक्ष फुलमाया गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा निर्वाचित संघिय सांसद शान्ती श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य बिमल ठकुरी लगायत निर्वाचित जनप्रतिनिधिहरुलाई  बधाई तथासफल कार्यकालक  शुभकामना समेत दिइएको थियो  । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दीपक रिसाल र उपप्रमूख  सान्नानी लामा समाजसेवी एवम् शिक्षासेवी पेमा छिरि शेर्पा, नगर खेलकुद समितिका संयोजक सञ्जय लामा लगायत स्थानीयको उपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।