ठुलो : रामजी चौलागाईं ( लघुकथा )

ठुलो : रामजी चौलागाईं ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,पुस १०।

‘बाबु, त्यो मैदाने खेत कहिल्यै नबेच्नु है ।’
बाले यसो भनेकोमा मेरो मनमा कौतुहलता जाग्यो । कुराको चुरो पत्ता लगाउन खोजेँ । ‘किन नबेच्ने, बा ?’
उहाँले भन्नुभयो, ‘हाम्रो ठुलो जेथोमेथो नै त्यही हो । बाजे बराजुका पालादेखि आफ्ना पुस्तालाई हस्तान्तरण गर्दै आएको पुर्ख्यौली सम्पत्ति । त्यही नभए मुखमा माड लाग्दैन । जस्तै सङ्कटमा पनि नबेच्नु है बाबु ।’
उहाँले मलाई ख¥याउनुभयो । मैँले ‘हुन्छ’ भन्दै धार्नीको टाउको हल्लाएँ ।
बाले यसो भनेको भोलिपल्टै उहाँ सिकिस्त बिरामी हुनुभयो । अस्पताल भर्ना गरियो । उपचार गर्न खर्च थिएन । समस्या परिरहेको थियो ।
उहाँले मेरो आन्तरिक कुरा बुझिसक्नु भएछ क्यारे । भन्नुभयो, ‘उपचार गर्न तिमीसँग पैसा छैन होला । ज्यानभन्दा धन ठूलो हो र ? मैदाने खेत बेचिदेऊ अब ।’

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।