थानकोट जेसीज वर्ष २०२३ को अध्यक्षमा एलिना महर्जन
कपन अनलाइन
काठमाडौँ, पौष ६। थानकोट जेसीज वर्ष २०२३ को अध्यक्षमा एलिना महर्जन चयन भएकी छिन ।थानकोट जेसीजको २३औं शाखा अधिवेशन तथा सधारण सभाले एलिना महर्जनको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको हो। सभाबाट थानकोट जेसीज वर्ष २०२३ महासचिवमा सावन महर्जन, कोषाध्यक्षमा सुजन महर्जन र कानुनी सल्लाहकारमा रिकेश महर्जनलाई मनोनित गरिएको छ ।
त्यस्तै, कार्यकारी उपाध्यक्षमा भुवन गिरी, राहुल गोपाली चुनिएका छन्।निर्वाचनले उपाध्यक्षमा मन्दिरा थापा, दिपेश सुदाकार, विवेक महर्जन, सागर केसी र निर्वतमान अध्यक्ष रोशन दानीलाई चयन गरेको छ।
तपाइँको प्रतिक्रिया ।