तन्नामा बुट्टा भर्ने प्याचवर्क तालिममा इच्छुक ब्यक्तिहरुले निवेदन दिन गोकर्णेश्वर नगरपालिकाको सुचना
कपन अनलाइन
काठमाडौँ, पौष ६। गोकर्णेश्वर नगरपालिकाले तन्नामा बुट्टा भर्ने प्याचवर्क सम्बन्धी तालिममा इच्छुक ब्यक्तिहरुले निवेदन दिन सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले जारी गरेको सुचनामा गोकर्णेश्वर नगरपालिका र सिर्जनशिल तयारी उद्योग बीच भएको सम्झौता बमोजिम नगरपालिका भित्र स्थायी बसोबास गरि उद्यम व्यवसाय गर्न इच्छुक ब्यक्तिले २० दिनको तन्नामा बुट्टा भर्ने प्याचवर्क सम्बन्धी तालिममा सहभागिताको लागि आफ्नो नागरिकताको फोटो कपि सहित गोकर्णेश्वर नगरपालिकाको आर्थिक विकास शाखामा सुचना प्रकाशित भएको मितिले सात दिन भित्र सम्पर्क राख्न अनुरोध गरिएको छ ।
१) प्रत्येक वडा बाट दुइ जनाको दरले सहभागी गराइने ।
२) प्रत्येक वडा बाट दुइ जनाको दरले निवेदन प्राप्त हुन नसकेमा वा छनौट हुन् नसकेमा प्राप्त अरु वडाका इच्छुकलाइ समेत तालिममा सहभागी गराइने उल्लेख गरिएको छ।
३) एक वडा बाट दुइ भन्दा बढी आवेदन प्राप्त हुन् आएमा यस भन्दा अगाडी प्याचवर्क सम्बन्धी तालिम लिइ सकेकालाइ प्राथमिकताका आधारमा छनौट गरिने
४) माथिका बुदा नं १,२,३, बाट समेत छनौट हुन नसकेको तपशिलका प्राथमिकताका आधारमा छनौट गरिनेछ।
क) अपाङ्ग, दलित ,जनजाति, महिला उल्लेख गरिएको छ ।

