मधेशी कोटामा मेरो नाम थियो, जनजातितर्फकी उम्मेदवारलाई सांसद बनाईयो:लक्ष्मीकुमारी ठाकुर (हजाम)
कपन अनलाइन
काठमाण्डौ ,पुस १।
नेपाली कांग्रेसकी नेतृ लक्ष्मीकुमारी ठाकुर (हजाम) ले आफ्नो एक नम्बर प्रदेशसभाको लागि पार्टीबाट समानुपातिकतर्फ मधेशीकोटामा दुई नम्बरमा नाम रहेको भएपनि पार्टी नेतृत्वले आफूलाई सांसद बन्नबाट वञ्चित गरेको आरोप लगाएकी छिन् ।
उनले आफू प्रदेशनम्बर १ मा समानुपातिकतर्फ एकमात्रै मधेशी उम्मेदवार हुँदा पनि जनजातितर्फका उम्मेदवार लखकी कुमारी गनगाइलाई मधेशीतर्फ राखेर उनैलाई सांसद बनाईएको आरोप लगाईन् ।
त्यसको विरुद्धमा आफू उच्चअदालत पाटन पुगेको उनले जनाईन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगर्दै उनले अदालतबाट आफूले न्यायपाउने विश्वास व्यक्त गरेकी छिन् । उनले भनिन्–‘यसको विरुद्धमा निर्वाचनआयोगमा समयमै दाबी तथा विरोध गरेको थिएँ ।’ उनले पर्याप्त प्रमाण हुँदापनि आयोगले निर्णय नगरेको कारण आफूले बाध्यभएर उच्चअदालत, पाटनमा रिट निवेदनदर्ता गराएको स्मरण गराईन् ।
पार्टी कार्यालय, निर्वाचन आयोग, सभापति शेरबहादुर देउवा, मधेशीआयोग, वडा कार्यालय र आफ्नो कोटामा सांसद बनेकी लखी कुमारीलाई विपक्षी बनाईएको पनि उनले स्पष्ट पारिन् ।
उनकाअनुसार लखीकुमारी आदिवासी जनजाति महिला महासंघकी केन्द्रीय उपाध्यक्ष हुन् । अहिले पनि उनी यही पदमा कार्यरत छिन् । उनले पार्टी नेतृत्वले आफूले बनाएको नियम तथा कानूनपालना नगरेको गुनासो पोखिन् । उनले भने,‘म भन्न चाहन्छु, तपाईँहरु संविधानमा टेकेर कामगर्नुहोस । जनतामाँझ पटक पटक जानुपर्छ । खराबव्यक्ति सबै दलमा छन् । अहिले खराब व्यक्ति पार्टीमा हाबी भएकाछन्।’