केब्स कलेज सिंगिङ र डान्सिङ स्टार सिजन  -१ सम्पन्न

केब्स कलेज सिंगिङ र डान्सिङ स्टार सिजन  -१ सम्पन्न

कपन अनलाइन

काठमाडौं मङ्सिर २३ । कलेज पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध टुसालमा संचालित कुमारी इंगलिस बोर्डिंग स्कुल (केब्स) प्लस टु कलेज द्वारा आयोजित   केब्स कलेज सिंगिङ र डान्सिङ स्टार सिजन  -१ सम्पन्न भएको छ ।

बिहिबार कलेज प्राङ्गणमा  कजेका अध्यक्ष पारसमणि पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बरिष्ठ कलाकार गायिका  ज्ञानु राणा रहेकी थिइन भने बिशेष अतिथिको रुपमा कलेजका प्रिन्सिपल सुरेश भट्टराई, भाइस प्रिन्सिपल , फ्याकल्टी हेडहरु,शिक्षक र बिद्यार्थीहरुको  उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रमुख अतिथि  बरिष्ठ कलाकारगायिका  ज्ञानु राणाले सरस्वती बन्दना गाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन। कार्यक्रममा कलेजले  बरिष्ठ कलाकार गायिका  ज्ञानु राणा  र गायक लाक्पा तामाङ लाइ कलेजले बिशेष सम्मान गरेको थियो ।

कलेज पढ्ने विद्यार्थीहरुको प्रतिभालाई उत्कृष्ट मञ्चको अवसर प्रदान गर्ने उद्देश्य सहितआयोजित उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै कलेजका प्रिन्सिपल सुरेश भट्टराईले कलेजले नियमित पठन पाठन संगै विद्यार्थीहरुको  आन्तरिक प्रतिभा प्रष्फुटनको लागि बिभिन्न कार्यक्रम गर्दै आएको सोहि अनुरुप केब्स कलेज सिंगीङ र डान्सिंङ स्टार सिजन -१  गरिएको  जानकारी गराए । गायन र नृत्य गरि दुई विधामा प्रतिस्पर्धा भएको  उक्त प्रतियोगितामा केब्स कलेजमा अध्ययनरत बिद्यार्थीहरुको सहभागिता रहेको थियो

कार्यक्रममा सिंगिङ स्टार सिजन १ को  उपाधी सजन लामाले प्राप्त गरे भने डान्सिङ स्टार सिजन  -१को उपाधी केबस कलेजकी स्नेहा राइले प्राप्त गरिन ।त्यसै गरि प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको उपाधि प्रकृति पोखरेलर स्म्रिक बोटले हासिल गर्दा पब्लिक चोइसको उपाधी सोनाम दोर्जे लामाले हासील गरेका थिए । केब्स प्लस टु कलेजले कक्षा ११मा हाल विज्ञान, सहित व्यवस्थापन, शिक्षा,मानविकी र कानुन बिषय पढाउदै आएको छ  । सबैखाले शैक्षिक पुर्वाधार सम्पन्न रहेको केब्स  कलेजमा दक्ष तथा अनुभवि प्राध्यापकहरुबाट पठनपाठन हुने जानकारी दिदै प्रिन्सिपल भट्टराईले  अतिरिक्त क्रियाकलापको साथै विद्याथीहरुको शैक्षिक विकासमा कलेज सधै लागि पर्ने जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।