डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण

डोल्पामा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको सहयोगमा शैक्षिक सामाग्री वितरण

कपन  अनलाइन

डोल्पा , मङ्सिर २३ । प्राज्ञिक विद्यार्थी  परिषद् नेपालको सहयोगमा र ठुलीभेरी नगरपालिका वडा नं. ६ को समन्वयमा तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालवालिकाहरुलाई शैक्षिक सामग्री झोला वितरण गरिएको छ । विधालयमा एक कार्यक्रमको आयोजना गरी ठुलीभेरी नगरपालिका वडा नं. ६ भित्र पर्ने श्री लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका छात्रछात्रा गरी जम्मा ३१ जना बालबालिका, श्री देवि आधारभूत विधालय काडातालीका छात्राछात्र गरी जम्मा २५ जना बालबालिका र श्री हिमालय आधारभूत विद्यालय दुरगाउँका छात्राछात्र गरी जम्मा ४० जना बालबालिकाहरुलाई झोला,सजिलो अंंग्रेजी बोलचाल ग्रामर  किताब,कपी, र शिक्षकलाई टोपी वितरण गरिएको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार,दलित,गरिब,अशक्त बालबालिकालाई वडा नं. ६ का वडा अध्यक्ष तेजेन्द्र कार्कीले झोला शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन्  । आफ्नो वडा भित्र रहेका तीन वटै सामुदायिक विधालयहरुलाई आगामी दिनहरुमा विभिन्न निकायसँग सहकार्य गरेर शैक्षिक गुणस्तर बृद्धि गर्ने थप व्यवस्थीत गर्ने वडा अध्यक्ष कार्कीले प्रतिबद्धता जनाएका छन    । वडा अध्यक्ष कार्कीले सहयोगी संस्था प्राज्ञिक विद्यार्थी  परिषद् नेपाललाई आगामी दिनमा पनि सहयोग सहकार्य गर्न आग्रह गर्दै धन्यवाद व्यक्त गरेका छन ।

वडा नं. ६ को कार्यालय र प्राज्ञिक विधार्थी परिषद् नेपाललाई सम्कर्प समन्वय गराउने विद्यार्थी नेता जनक कार्की, प्रताप कार्की र विनोद कार्कीलाई वडा कार्यालय र विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेकाे छ । तीन वटा सामुदायिक विद्यालयको तर्फबाट लक्ष्मी माध्यामिक विद्यालय थरगाउँका प्रधानाध्यापक गगनसिँह बुढाले धन झोला र शैक्षिक सामाग्री वितरणले वालवालिकामा थप हौलासा मिल्ने विश्वास रहेको उनले बताए  । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल राजनितिक दल भन्दामाथी रहेर  विभिन्न क्षेत्रमा रहेका सामुदायिक विद्यालय, क्याम्पस विश्वविद्यालयहरूमा अध्ययनरत बालबालिकाहरू, विद्यार्थीहरूलाई शैक्षिक गतिविधि सम्बन्धी सहयोग गर्दै आईरहेको छ ।

तपाइँको प्रतिक्रिया ।