गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं, मङ्सिर २० ।   गोकर्णेश्वर नगरपालिका वडा नं ४ को स्वास्थ्य बिमा सम्बन्धी सार्वजनिक सुचना जारी गरेको छ ।  वडा अध्यक्ष जयराम महतले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्वास्थ्य बिमा कार्यक्रम २०७९ साल मङ्सिर २० गते मंगलबार  देखि बिहान  १०:३०  देखि ३:३० बजे सम्म वडा कार्यलयमा हुने भएको हुँदा वडाबासीहरुले निम्न कागजात सहित स्वास्थ्य बिमा गरि लाभ लिन अनुरोध गरिएको छ ।

आवश्यक कागजात:

परिवारका सदस्यको नागरिकताको फोटोकपी -१ प्रति, १ परिवारका ५ जना सदस्य भएमा रकम रु ३५ सय लाग्नेछ ।

नोट: एकल महिला, बिधुवा महिला, ज्येष्ठ नागरिक ,अपाङ्गता क र ख, महिला स्वास्थ्य स्वयं सेविकार किसान कार्ड भएका परिवारका ५ जना सदस्यसम्म निशुल्क बिमा हुने पनि सुचनामा उल्लेख गरिएको छ ।  सो को लाभ लिनको लागि सामाजिक सुरक्षा भत्ता किताव अनिवार्य चाहिने पनि उल्लेख गरिएको छ ।  बिमा कर्ता दिपा लामा ९८१३५७७१२१   ।

तपाइँको प्रतिक्रिया ।