लायन्स क्लब अफ काठमाण्डौं डाँफे द्वारा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

लायन्स क्लब अफ काठमाण्डौं डाँफे द्वारा न्यानो कपडा र शैक्षिक सामाग्री  वितरण

कपन अनलाइन

काठमाडौं मङ्सिर १८ । जाडो याम सुरु भएसँगै स्कुले बालबालिकाका लागि धमाधम न्यानो कपडा वितरण हुन थालेका छन् । स्कुले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राखेर बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले न्यानो कपडा वितरण गरिरहेका छन् । सामाजिक तथा मानविय सेवामा सक्रिय  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले जाडोको लागि न्यानो कपडातथा शैक्षिक सामाग्री  वितरण गरेको छ ।

 शनिबार  भिमफेदी गाउपलिका वडा नं ६देउराली स्थित बटुक भैरब  आधारभूत बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत बिद्यालय पोशाक जुत्ता मोजा टोपी ,कापी, पेन्सिल, ब्रस,टुत्थपेस्ट,लगायत खेलकुद सामाग्री बितरण गरिएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका क्याबिनेट सेक्रेटरी लायन महेश आचार्यले कपन अनलाइनलाइ जानकारी गराए।  सामुदायीक बिद्यालयको शैक्षिक उत्थानको लागि” आर्थिक सहयोग संकलन गर्ने उद्देश्य सहित देउसी भैलो खेलेर संकलित रकममा क्लबका सदस्यहरुले थप गरि उक्त सामग्री वितरण गरेको उनले  जानकारी गराए ।

चीसोका कारण कोही पनि बालबालिकाको पढाई प्रभावित नबनोस भन्ने उदेश्य सहित क्लबले  जाडोको लागि न्यानो कपडा सहित शैक्षिक र खेलकुद सामग्री वितरण गरेको उनले जानकारी गराए ।कार्यक्रममा पुर्व डिस्ट्रिक गभर्नर लायन कुमारराज सुवेदी, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डीका फर्स्ट  भाइस डिस्ट्रिक गभर्नर लायन रमेश लामा क्याबिनेट सेक्रेटरी  लायन महेश आचार्य,लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट लायन रोशन उप्रेती,  भिमफेदि गाउ पालिका  वडा नं  ६ का वडा अध्यक्ष  सोम बहादुर घलान , जी एस टी डिस्ट्रिक कोर्डिनेटर  तथा क्लोथ बैंक  चिफ लायन पूर्ण बहादुर तामाङ , लायन गोबिन्द काफ्ले लगायत आयोजक संस्थाका पदाधिकारीहरु सहित बिध्यालयका शिक्षक बिद्यार्थी र अभिभावकहरुको  उपस्थिति रहेको कार्यक्रम संचालन क्लबका सचिव लायन राजकुमार सिवाकोटीले गरेका थिए

बिगतमा लायन्स क्लब अफ काठमाण्डौं डाँफेले २०७१ सालमा  देउसी भैलो बाट संकलित रकम सिन्धुली जिल्ला झाँगाझोली रातमाटा ५  कालिमाटी स्थित श्री विनायक नि माबी र मकवानपुर जिल्ला नामटार गाबिस १ बर्देउ स्थित श्री प्राथमिक बिध्यालयलाइ   शैक्षिक सामाग्री प्रदान गरेको थियो भने २०७४ सालमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपलिका १२ भीमटार स्थित श्री ढोटार प्राबी त्यसै गरि २०७५ सालमा मकवानपुर जिल्ला भिमफेदी गाउपालिका वडा नं ९ महाभिर स्थित श्री भावना आधारभूत बिध्यालय, २०७६ सालमा काभ्रेपलान्चोक जिल्ला पांचखाल नगरपालिका २ दुवारेडीही स्थित श्री भक्रम देवी माबीलाइ ,२०७७ सालमा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ६ नगरकोट स्थित श्री गडगेडे आधारभूत बिद्यालयको शैक्षिक उत्थानको लागि शैक्षिक सामग्रीको साथै जाडोको लागि न्यानो कपडा वितरण गरिसकेको  छ ।

तपाइँको प्रतिक्रिया ।