माछापुछ्रे–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबलमा भ्याली पब्लिक र स्किब्सको जित

कपन अनलाइन
काठमाडौं, मंसिर १३  ।
आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुछ्रे –भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ का अनमोल गुरुङ र मन्जिल गुरुङले समान ११–११ स्कोर गरे । स्किब्सले रेडिअन्टलाई ३६–२६ ले हरायो । स्किब्सका अशोक वाइबाले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै काठमाडौं भ्यालीले भ्याली पब्लिक ‘बी’ लाई २३–१७ तथा एलआरआईले मनासलुलाई ४०–३५ ले पाखा लगाए । काठमाडौं भ्यालीका राज सन्जेलले ७ अंक बटुले ।
जुनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले ह्वाइटफिल्डलाई २४–१४, हिमरश्मीले संस्कृतिलाई २२–१७ तथा ग्रिनफिल्डले ग्रिनल्यान्डलाई २९–२४ ले पन्छाए । हिमरश्मीका आयुश पोखरेलले १३ तथा ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ स्कोर गरे ।
सिनियर गल्र्समा विस्डम विरुद्धको खेलमा निस्ट १३–७ ले विजयी भयो । निस्टकी समिक्षा मोक्तानले ६ अंक जोडिन् ।

तपाइँको प्रतिक्रिया ।