नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति द्वारा आयोजित बिशाल आम सभा सम्पन्न
कपन अनलाइन
काठमाडौँ मङ्सिर १ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति द्वारा आयोजित बिशाल आमसभा सम्पन्न भएको छ ।
आज गोकर्णेश्वरको जोरपाटी चोकमा भएको उक्त आम सभामा नेपाली कांग्रेस केन्द्रीय प्रवक्ता डा. प्रकाश शरण महत प्रमुख अतिथिको रुपमा रहेका थिए । आमसभा पुर्व क्षेत्रका बिभिन्न स्थान बाट निक्लेको र्याली जोरपाटी पुगेर आम सभामा परिणत भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे ,प्रदेश सभा सदस्य द्वय छिरिङ दोर्जे लामा बिमल ठकुरी समानुपातिक उम्मेदवार सहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लगायत प्रतिनिधि सभा सदस्यका उम्मेदवार सन्तोष चालिसे ,प्रदेश सभा सदस्य द्वय छिरिङ दोर्जे लामा बिमल ठकुरी लगायतले नेपाली कांग्रेसको पक्षमा मत मागेका थिए ।


