काठमाण्डौ क्षेत्र नं ४ गगन थापालाई स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईको डर….
कपन अनलाइन
काठमाडौं, १ मंसिर।
काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका गगन कुमार थापालाई स्वतन्त्र उम्मेदवार अर्जुन प्रसाईको उम्मेद्वारी भारी पर्ने देखिएको छ।
विभिन्न संचार माध्यम र यु ट्युब च्यानलहरुमा आक्रामक (कहिले कहिँ हैसियत विर्सेर स्तरहिन ) अभिव्यक्तिका कारण चर्चामा रहेका प्रसाईले क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेद्वारी दिए संगै क्षेत्रको चुनावी परिणाममा समेत प्रभाव पार्ने अनुमान गर्न थालिएको छ।
अर्चन शमशेर राणाको लौरोले क्षेत्र नं ४ मा रहेका काठमाण्डौ महानगरपालिका वडा नं १ र ३० मा राजनीतिक दलहरुलाई बजाउने चर्चा भैरहेको समयमा नेपाली कांग्रेस निकट एक अनलाइन संचार माध्यमले अर्जुन प्रसाई नेकपा एमाले निकट रहेको भन्दै समाचार प्रकासन गरेपछि क्षेत्रको राजनीति निकै तरंगित बनेको छ।
स्थिर समय सुरु हुनु भन्दा केहि घण्टा अगाडी नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार गगन थापाको स्तुति गान गाएर नथाक्ने सो अनलाइन मिडियाले अर्जुन प्रसाई एमालेबाट परिचालित रहेको भन्दै समाचार प्रकासन गरेपछि यसका वारेमा विविध टिका टिप्पणी भैरहेको छ।
झण्डै ३७ वर्ष एमालेको राजनीतिमा सक्रिय रहेको बताउने प्रसाईंले एमालेलाई सघाउन उम्मेदवारी दर्ता गरेको पुष्टि भएको भन्दै सो अनलाइनमा समाचार प्रकासन भए संगै प्रसाई संग सहकार्य गरेका सहयात्री र सहानुभुत्ति राख्नेहरुले डा.राजन भट्टराईको माहोल बने संगै नेपाली कांग्रेस सस्तो प्रचारवाजीमा उत्रिएको दावी गरेका छन।
